नेपाली भाषा

चीनका तीनवटा महान चाडका लागि तयार गर्नुपर्ने खाद्य-पदार्थ

   

चीनको दक्षिणी भेगका बासिन्दाहरु यो खाद्य-पदार्थ आफै बनाउन मन पराउँछन। उनीहरुले तातो पानीमा पकाइएको लेसिलो चामलको पीठोलाई भाग-भाग पारी त्यसभित्र ओखर, काजु , बदाम, तिल, बयर आदिका टुक्रा,चिनी वा मह हालेपछि गोलाकार डल्ला बनाउने गर्दछन्। चीनको दक्षिणी क्षेत्रका तयारी थाङ्ग युआनहरुमध्ये"निङ्ग पो" नामक थाङ्ग युआन र स्ठूआन प्रान्तको ठङ्ग तु नगरको "लाइ" नामक थाङ्ग युआन चीनभरि प्रसिद्ध छ।

जे होस,खाँदाखेरी ती सबैलाई उम्लिरहेको तातो पानीमा राखी पकाएर खान्छ। पकाइएका ती युआन स्याउ वा थाङ्ग युआन अति मीठा हुन्छन। लोक-जातिमा चलिआएको भनाइ अनुसार,"युआन स्याउ चे" चाडमा रसबरी जस्तै युआन स्याउ वा थाङ्ग युआन खानुको अर्थ चिनियाँ भाषाका भेला हुनु र युआन स्याउ यी दुइवटा शव्दको उच्चारण एउटै भएकाले घर-परिवारका सबै सदस्यहरु बारम्बार"भेला हुँदैआएका वा हुनसक्नेछन्"भन्ने अर्थ लाग्छ।

चिनियाँ पात्रो अनुसार, पाँचौं महिनाको पाँचौं दिनलाई"तुआन ऊ चे"चाड भनिन्छ। प्रचलित चलन अनुसार, यस दिन"टुङ्ग च"नामक खाद्य-पदार्थ खानुपर्छ। प्राचीनकालमा "टुङ्ग च"लाई "चिआउ शु"भनिन्थ्यो। त्यो नर्कट वा बाँसका पातहरुमा लेसिलो चामललाई बेह्रेर तीन कुने वा सिरकको आकारमा तयार पारी बफाएर वा पानीमा पकाएर तयार गरिएको खाद्य-पदार्थ हो। चीन ठूलो भएकाले चीनका विभिन्न क्षेत्रका बासिन्दाहरुले मन पराउँदैआएका खाद्य-पदार्थको स्वाद पनि फरक-फरक हुन्छ। त्यसैकारण भिन्ना-भिन्नै‍ ठाउँमा टुङ्ग च बनाउन चाहिने सामग्रीहरु पनि भिन्ना-भिन्नै छन। पूर्वी चीनमा पर्ने याङ्ग सि नदीको छेउछाउमा रहेका सु चाउ, च्या सिङ्ग, निङ्ग पो आदि क्षेत्रबाट बनाइएका"टुङ्ग च"हरुले दक्षिणी चीनको शैली र स्वादको प्रतिनिधित्व गर्दछन्। तिनभित्र धेरैजसो रातो दाल,कटुस,बयर,मासुका धूलो आदि राखिन्छ भने उत्तरी चीनका "टुङ्ग च"भित्र धेरैजसो बयर र नाना किसिमका फल-फूलहरुको धूलो राखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान