नेपाली भाषा

चीनका तीनवटा महान चाडका लागि तयार गर्नुपर्ने खाद्य-पदार्थ

   

युआन स्याउ, टङ्ग च र युए पिङ्ग

खाद्य-पदार्थ सम्बन्धी चीनको परम्पराको विशेषता वर्षका महत्वपूर्ण चाडका बेला स्पष्ट रुपमा देखिन्छ। वसन्त चाड,"तुआन ऊ चे" नामक चाड र "टुङ्ग छ्यौ चे"लाई चीनका परम्परागत चाडहरुमध्येका तीनवटा महान चाड मानिन्छ। यी तीनवटा चाड मनाउनका लागि तयार गर्नुपर्ने खाद्य-पदार्थ "युआन स्याउ","टङ्ग च" र"युए पिङ्ग" हुन। अब हामी यी तीनवटा खाद्य-पदार्थ बारे सविस्तार जानकारी हासिल गरौं।

दशैं नेपालीहरुका लागि सबैभन्दा ठूलो, भव्य र रमाइलो चाड भएझैं चिनियाँ पात्रो अनुसार वसन्त चाड चिनियाँहरुका लागि सबैभन्दा ठूलो,भव्य र रमाइलो चाड हो। वसन्त चाडका बेला तयार पारिने खाद्य-पदार्थहरु एक सेट नै छ। दशैंपछिको तिहार जस्तै वसन्त चाड (अर्थात् नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्रौं दिनलाई वसन्त चाड भनिन्छ) को अन्तिम भागलाई "युआन स्याउ चे"भनिन्छ। यस दिन चीनका सबै घरमा युआन स्याउ नामक खाद्य-पदार्थ, नेपालमा रसबरी जस्तै खाद्य-पर्दाथ खानुपर्ने चलन छ। तर चीनका उत्तरी र दक्षिणी भेगमा यस्तै किसिमको खाद्य-पदार्थको नाम फरक छ। उत्तरी भेगका मानिसहरु त्यसलाई "युआन स्याउ"भन्छन् भने दक्षिणी भगका मानिसहरु यसलाई "थाङ्ग युआन" भन्दछन्। तर थाङ्ग युआन र युआन स्याउ बनाउने तरिका अलि फरक छ।

चीनको उत्तरी भेगमा युआन स्याउ खाद्य-पदार्थ बनाउने तरिका यसप्रकार छ: तिल, बदाम,काजु,मुङ्ग आदिका गेडाको धूलोमा चिनी वा मह हालेर स-साना गोला डल्ला बनाइन्छ। अनि ती स-साना गोलाकार डल्लाहरु पानीमा भिजेपछि एक मिटर ब्यास भएको ठूलो नाङ्लोमा भरिएको लेसिलो चामलको पीठोमा पटक-पटक घुमाइन्छ। ती गोलाकार डल्लाहरुलाई लेसिलो चामलको पीठोमा त्यसरी पटक-पटक गुडाउँदा तिनीहरुमा पीठो टाँसिएर अन्तमा रसबरी जस्तै अण्डाभन्दा सानो गोलाकार बन्दछ। ती गोलाकार डल्लाहरुलाई युआन स्याउ भनिन्छ। केही वर्षदेखि यता मानिसहरु धेरै व्यस्त हुनथालेकाले उनिहरु अब यो खाद्य-पदार्थ बजारबाट मात्र किन्ने गर्दछन्। भनौं हरेक बर्षको युआन स्याउ चे चाड आउनुअघि सडक-सडकका छेउ-छाउ वा बजार-बजारमा व्यापारीहरु तत्स्थानमै नाना किसिमका युआन स्याउ बनाएर बेच्ने गर्दछन्। स्वास्थ्यका कारणले आजकाल सरकारले यस्तो तरिकाले व्यापार गर्न तिनलाई छुट दिनेगरेको छैन। पैचिङ्गमा "ताउ स्याङ्ग छुन" र "क्वै स्याङ्ग छुन" नामक पूरानो नामी मार्काका युआन स्याउ देशबासीहरुले सबैभन्दा बढी मन पराउँदैआएका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान