नेपाली भाषा

खाद्य-पदार्थबाट र औषधीजन्य खाद्य-पदार्थबाट रोगको उपचार

   

"व्हा टुआन"बाट रोगको उपचार गर्न सकिन्छ। अझ विशेष गरी "व्हा टुआन"नामक यस किसिमको तरकारी महिलाहरुको स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। प्रेमको चिन्ह मानिएको गुराँसको फूल महिलाहरुको महिनावारी सम्बन्धी रोगको उपचार गर्न र अनुहार सुन्दर पार्नका लागि सहायक हुन्छ। आरुका फूल र माछा एवम् झिंगे माछाबाट बनाइएको तरकारी स्वास-प्रस्वास क्रिया,रक्त सञ्चालन र पाकस्थलीको सबलीकरणका लागि धेरै फायदाजनक हुन्छ।

खानाको रुपमा रहेको औषधीजन्य खाद्य-पदार्थबाट रोग निवारण र उपचार गर्नु प्राचीन कालदेखि अहिलेसम्म नै चलिआएको छ। त्यति मात्र नभई अहिलेका मानिसहरुले त्यसलाई झन-झन मन पराउँदैआएका छन्। तिनका जातमा रोटी,खोले,सूप र तरकारी आदि पनि समावेश छन्। कुनै ठाउँमा मुख्य रुपमा औषधीसहित खाने कुरा तयार गर्ने होटलहरु वा रेष्टुराँहरु पनि देखापरेका छन्। औषधीजन्य खाद्य-पदार्थहरु नाना किसिमका र आ-आफ्नै विशेषता भएका छन्। जस्तै तरुल,"यी मी" नामक फूलको बीयाँ,हलुवाबेदको सुकुटी र चामल आदिबाट पकाइएको "बच्चाबच्ची खोले"नामक खाने कुरा बच्चाबच्चीहरुका पाकस्थली र फियोलाई सबल पार्न सहायक हुनजान्छन। त्यसबाहेक स्ठूआन प्रान्तका बै मु नामक एक किसिमको जडीबुटी र सुन्तलाको बोक्राबाट बनाइएको झोलले रुघा-खोकी निको पार्नसक्छ भने उत्तरी चीनमा पाइने रन शनको झोल रोगी र बुढा-बुढीहरुका लागि धेरै फाइदाजनक हुन्छ।

चीनको "खाद्य-पदार्थ सम्बन्धी स्वास्थ्य ऐन"ले खाद्य-पदार्थमा कुनै पनि औषधी राख्न कडाइसाथ प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध लोक-जातिमा चलिआएको औषधीजन्य खाद्य-पदार्थबाट रोगको उपचार गर्ने तरिका विपरीत हुनगएको देखिन्छ। यस समस्याको समाधान गर्नका लागि सम्बन्धित एकाइले बयर,सुकाएको अदुवा,अरक पुदिना, चिनियाँ शान चा अर्थात हाथर्न लगायतका दर्जनौं जडी-बुटीहरुलाई खाने कुरामा समावेश गर्नसक्ने घोषणा गरिसकेको छ।

ओषधीजन्य खाद्य-पदार्थबाट मानिसलाई स्वस्थ पार्ने सम्बन्धी चिनियाँहरुको चालचलन चीनमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि पसिसकेको देखिन्छ। जस्तै:गोदावरी फूलको रक्सी,सुन्तला बोक्राको चिया, जैतून-औषधी झोल,"फु लिङ्ग"नामक रोटी आदि औषधीजन्य

खाद्य-पदार्थ र पेय पदार्थहरुले विदेशीहरुको जीवनमा झन-झन द्रुत गतिले प्रवेश गर्दैगएको देखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान