नेपाली भाषा

खाद्य-पदार्थबाट र औषधीजन्य खाद्य-पदार्थबाट रोगको उपचार

   

त्यति बेला स्वयम् सुन स्मोको उमेर सय वर्षभन्दा बढी थियो। यस तथ्यबाट त्यस बेला र त्यसपछिका मानिसहरुले खुशीसाथ उनका धारणाको अनुसरण गर्नेगर्थे भन्ने कुरा प्रमाणित हुन्छ। पछिगएर खाद्य-पदार्थ र औषधीजन्य खाद्य-पदार्थबाट स्वस्थ पार्ने उपाय चीनको लोक-जातिमा निरोगी हुने,रोगको निवारण र उपचार गर्ने तरिका निकै प्रचलित थिए।

खाद्य-पदार्थको सहायताले स्वस्थ गराउनु भनेको खाने-पिउने कुरालाई औषधिका रुपमा मानेर खानु हो। चीनमा साधारण दिनमा सागपात र खाने-पिउने कुराहरुको प्रयोग गरी रोगको निवारण र उपचार गर्ने चलन छ। यदि घरमा केही मानिसहरुलाई रुघा लागेमा अदुवाका चार-पाँचवटा टुक्रा र प्याजको सेतो भागका चार-पाँचवटा टुक्रालाई कालो चिनीसहितको पानीमा उमालेर त्यो तातो पानी खाएमा उसको शरिरमा पसिना आउँछ र छिटै निको हुन्छ। यस सम्बन्धमा चिनियाँहरुको जिब्रोमै झुण्डिएको अर्को एउटा उखान छ:"खाटमा बस्नुअघि मूला र खाटबाट ओर्लनुपछि अदुवा"। त्यसको अर्थ दिउँसो अदुवा खानुपर्छ भने बेलुकी मूला खानुपर्छ। नून, वेनेगर, अदुवा, प्याज, र लसुन आदि सबैले खाद्य-पदार्थबाट स्वस्थ पार्ने वा रोगको उपचार गर्ने भूमिका निर्वाह गर्दछन। त्यति मात्र नभई आजकाल केही मानिसहरुले वेनेगर र कोकाकोला मिसाएर निकै प्रचिलत रोग निरोधक पेयपदार्थ बनाइसकेका छन्।

खाद्य-पदार्थबाट रोगको उपचार गराउँदैआएको हाराहारीमा व्हा टुआन" नामक एक किसिमको खाने कुराको एउटा विशेष जात बनिसकेको छ।

"व्हा टुआन" भनेको फूललाई तरकारीका रुपमा बनाउनु हो। "व्हा टुआन"नामक यस किसिमको फूल-तरकारी इसा पूर्व छैठौं र सातौं शताव्दीको "ठून छ्यौ" युगमा उत्पन्न भएको हो र त्यो इसा पूर्व सातौं शताव्दीको थाङ्ग राज-वंशमा निकै प्रचलित थियो।

फूलहरु हजारौं किसिमका हुन्छन्। उत्तरी चीनमा खान हुने फूलको किसिम एक सयभन्दा बढी छ भने दक्षिणी चीनमा पर्ने "वनस्पति राज्य" मानिएको युन नान प्रान्तमा खान हुने फूलहरुको किसिम दुइ सय साठीभन्दा बढी छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान