नेपाली भाषा

खाद्य-पदार्थबाट र औषधीजन्य खाद्य-पदार्थबाट रोगको उपचार

   

प्राचीन कालमा चीनले प्रकृतिबाट प्राकृतिक जडीबुटी प्राप्त गरेकाले चीनको विशेषतायुक्त चिनियाँ जडीबुटी बनिसकेको छ। यस किसिमको जडीबुटी-विद्या मानिसहरुले दिनदिनै खानुपर्ने खाद्य-पदार्थसँग सम्बन्धित छ। ‌औषधीलाई खाद्य-पदार्थमा मिसाउन सकिन्छ भने खाद्य-पदार्थलाई औषधीका रुपमा मान्न सकिन्छ। यसै कारण विस्तारै-विस्तारै खाद्य-पदार्थबाट र औषधीजन्य खाद्य-पदार्थबाट रोगको उपचार गर्ने चलन चलेको हो। चीनको लोक-जातिमा एउटा उखान छ: औषधी खाएर स्वस्थ बन्नुभन्दा खाद्य-पदार्थबाट राम्रो हुन्छ र खाद्य-पदार्थबाट गरिने उपचार औषधिबाटभन्दा राम्रो हुन्छ। प्राचीन कालमा होस् वा अहिले खाद्य-पदार्थका आधारमा स्वस्थ बन्ने कुरा लोक-जातिमा निकै प्रचलित भएकाले त्यो चिनियाँहरुको खाद्य परम्परामा विद्यमान एउटा चमत्कारी र विशिष्ट तरिका बनिसकेको देखिन्छ।

औषधी र खाद्य-पदार्थ सँगसँगै मिलेर रोगको उपचार गर्ने र औषधालय एवम् भान्सा घर बीच सम्बन्ध भएको कुरा उहिलेको"चाउ"कालमा (इसा पूर्व 1046-256सम्म) चलिआएको रोगको उपचार प्रणालीबाट देख्नपाइन्छ। प्राचीन कालका सम्बन्धित किताबहरुमा खाद्य-पदार्थबाट स्वस्थ बनाउने सम्बन्धी लेखहरु धेरै थिए। थाङ्ग राज-वंश (इसा पूर्व 618--907) का औषधि-शास्त्र विज्ञ सुन स्मोले तयार पारेको "हजारौं सुनौला तरिका" र "हजारौं सुनौला उप-तरिका" नामक उपचार सम्बन्धी दुइवटा महाकृतिमा धेरै विशेष लेखहरुमा खाद्य-पदार्थबाट स्वस्थ गराइने विषय बारे उल्लेख गरेका थिए। ती लेखहरुबाट प्राचीन कालमा खाद्य-पदार्थद्बारा स्वस्थ बन्ने सम्बन्धी यस शास्त्रको विकासमा गहिरो प्रभाव परेको देखिन्छ।

औषधि शास्त्रवेत्ता सुन स्मोको ठहर अनुसार, मानिसहरुको सुस्वाथ्य सन्तुलित खानामा भर पर्छ र आफू खुशी औषधी खानुहुँदैन। सम्बन्धित चिकित्सकले रोगीको उपचार गर्नुअघि सबैभन्दा पहिले रोग लाग्नुको कारण बारे थाहा पाएपछि सर्वप्रथम खाद्य-पदार्थका माध्यमबाट रोगीलाई निको पार्नुपर्छ। त्यसबाट निको नभएपछि औषधीको प्रयोग गरी रोगीको उपचार गर्नु पनि अबेर हुँदैन। चीनको लोक-जातिमा चलिआएको खाद्य-पदार्थको सहायताले स्वस्थ रहने तरिका र औषधीजन्य खाद्य-पदार्थ बनाउने उपायहरु सबै औषधि-शास्त्रवेत्ता सुन स्मोको धारणाबाट विस्तारै-विस्तारै विकसित हुँदैआएका हुन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान