नेपाली भाषा

चिनियाँहरुको खाद्य परम्परा

   

विभिन्न ठाउँको चालचलन फरक-फरक भएको हुनाले पाहुनाहरुका सम्मान-सत्कार गर्ने चलन पनि फरक-फरक छ। प्राचीनकालमा पैचिङ्गमा पाहुनाहरुलाई चाउचाउ खुवाउने चलन थियो। त्यसको अर्थ पाहुनाहरुलाई जान नदिनु हो। पाहुनाहरु त्यहीं बसेमा उनीहरुप्रति हार्दिक भावना व्यक्त गर्ने उद्देष्यले ममचा खुवाउनु पर्थ्यो। नाता-कुटुम्ब र इष्टमित्रहरुसँग भेट्न जाने हो भने"पैचिङ्गको विशेषतायुक्त आठ प्रकारका खाने कुरा अर्थात् आठ किसिमका केक वा मिठाइ कोसेलीका रुपमा लिनुपर्थ्यो। दक्षिणी चीनका केही ग्रामीण क्षेत्रहरुमा पाहुनाहरु आएपछि तुरुन्तै चिया खुवाउनुका साथै भान्सा घरमा केही केक बनाउने वा कुखुराका तीन-चारवटा अण्डा पानीमा उमाली चिनी हालेर उनीहरुलाई खुवाउने चलन छ। कुनै-कुनै ठाउँमा पानीमा उमालिएको चामलको लेसिलो पीठोबाट बनाइएको खाद्य-पदार्थका चार-पाँचवटा पट्टीमाथि चिनी हालेर पाहुनाहरुलाई खुवाउने चलन पनि छ। उपर्युक्त कुरा सकिएपछि औपचारिक भोज शुरु हुन्छ।

पूर्वी चीनमा पर्ने फु च्यान प्रान्तको छ्युआन चाउ क्षेत्रमा सबैभन्दा पहिले पाहुनाहरुलाई फलफूल खुवाउने चलन छ। स्थानीय बासिन्दाहरु त्यसलाई "थ्यान थ्यान" अर्थात् "गुलियो गुलियो" भन्दछन। त्यत्ति मात्र होइन, उनिहरु ती खाद्य-पदार्थहरुमा सुन्तलाका केही केस्रा राखी पाहुनाहरुलाई खुवाउँछन। किनकि स्थानीय भाषामा सुन्तलाको उच्चारण र मंगल शब्दको उच्चारण ठ्याक्क मिल्नेभएकाले त्यसको सेवन गर्नदिएर पाहुनाहरुलाई उनिहरुको जीवन सुन्तलाजस्तै गुलियो र मंगलमय होस् भन्ने शुभकामना व्यक्त गरिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान