नेपाली भाषा

चिनियाँहरुको खाद्य परम्परा

   

चिनियाँहरुको जिभ्रोमा सधैं एउटा साधारण कुरो आइरहन्छ। त्यो के हो त भन्दाखेरि औषधी खाएर स्वस्थ बन्नुभन्दा खाद्य-पदार्थबाटै निरोगी बन्नु राम्रो हुन्छ। यस कुराबाट खाद्य-पदार्थमा पौष्टिक तत्वको बनौटका आधारमा, अथवा सन्तुलित खानाका आधारमा चिनियाँहरु निरोगी बन्नचाहन्छन भन्ने कुरा प्रष्ट हुन्छ। आर्थिक दृष्टिबाट हेर्दा कुनै मान्छेलाई अप्ठ्यारो भए तापनि उनीहरुले उचित वा सन्तुलित खाद्य-पदार्थको बन्दोबस्त गर्न सक्दो प्रयास गर्दैआएका छन् भने राम्रो आर्थिक अवस्थामा रहेका मानिसहरुले खाद्य-पदार्थहरुको गुणस्तरमा अझ ध्यान दिंदैआएका छन्। यसरी चिनियाँहरुमा दीर्घकालदेखि नै सन्तुलित खानाको परम्परा जीवन-यापनको अभिन्न अङ्ग बन्दैगएको देखिन्छ। त्यसको विकासको क्रममा मानिसहरु बीच खाद्य-पदार्थको आदान-प्रदानको चलन पनि शुरु भयो। यस क्रममा चाडवाडमा बेलामा के-के खानुपर्ने, धार्मिक अनुयायीहरुले के-के खानुपर्ने, जन्म दिवसको दिनमा के-के खानुपर्ने र बच्चाबच्ची पाएपछि के-के खानुपर्ने आदि-आदि कुराहरु चिनियाँहरुका लागि परम्परा बनिसकेका छन्।

भोज-भतेर वा स्वागत-सत्कारका बेलामा के-के खुवाउनु पर्ने भन्ने कुरा मुख्य रुपमा सामाजिक आवत-जावत‌सँग सम्बन्धित छ। जस्तै नाता-कुटुम्ब र इष्ट-मित्र वा असल छिमेकीहरुले बच्चा पाएको बेला वा नयाँ घरमा सरेका बेला जस्ता राम्रा घटनाका समयमा मानिसहरु सधैं नै केही न केही कोसेली लिएर शुभकामना व्यक्त गर्न जान्छन। यसै बेला आगन्तुकहरुका सम्मानमा तिनलाई के-के खानेकुरा र के-के पेय पदार्थ खुवाउनु पर्छ भनेर घरपट्टिले विचार गर्छ र सकेसम्म मीठा र प्रशस्त खाने कुरा तयार गरेर पाहुनाहरुलाई सन्तुष्ट पार्ने कोशिश गर्दछ। सो भोजका क्रममा व्यापारका सम्बन्धमा कुराकानी गर्ने चलन छ। खाँदा-खाँदै पेट टन्न भइसक्छ र व्यापार सम्बन्धी कुरा पनि सम्पन्न भैसक्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान