नेपाली भाषा

आफ्नो विशेषतायुक्त"ख्वाइ च"अर्थात् भोजनशलाका बारे

   

भोजनशलाकाको बनौट साधारण भए पनि त्यसलाई बनाउन चाहिने सामग्री छान्ने र तिनलाई कुँद्ने काममा चिनियाँहरुले निकै मगज खियाउँदैआएका छन्। दुइ हजार वर्षभन्दा बढी समयअघि चीनमा हात्तिका ¬दाँत र पितलबाट बनाइएका भोजनशलाकाहरु देख्न पाइन्थ्यो। छैठौं र सातौं शताव्दीमा दरवार,मन्त्री निवास र धनी मानिसहरुका घरमा सुन र चाँदीबाट बनाइएका भोजनशलाका वा जेट, मोति र मूगाबाट सिंगार-पटार गरिएका भोजनशलाकाहरुको प्रयोग गर्न थालियो। केही मान्छेहरुले भोजनशलाकाको तल्लो भागमा पनि चाँदी जडान गर्नेगरेका थिए। खाने कुरामा वीष छ कि छैन भनेर प्रश्न उठ्दा चाँदी जडान गरिएका भोजनशलाकाबाट सजिलै थाहा हुनसक्छ। खानामा साँच्चै वीष भएमा भोजनशलाकामा जडान गरिएको चाँदीको रंग तुरुन्तै कालो वा हरियो हुनजान्छ।

भोजनशलाकाले चिनियाँहरुको जीवनमा ठूलो भूमिका खेल्दैआएको छ। कुनै ठाउँमा गर्नलागेको बेलामा केटीको घरले अवश्यनै रातो डोरीले बाँधिएका दुइ थान भोजनशलाका र कचौरा दुलहा-दुलहीका लागि पुर्‍याउनु पर्छ। तिनलाई"छोरा-नाति भोजनशलाका र कचौरा" भनिन्छ। जसले अबदेखि उक्त नयाँ जोडी एउटै घरमा बस्नेभएको संकेत गरेको मात्र नभई चिनियाँ भाषामा भोजनशलाका र छिटो शब्दको उच्चारण एउटै भएको आधारमा छिटो छोरा-छोरी पाओस् भनेर शुभकामना व्यक्त गर्दैआएको ठानिन्छ। त्यसैका आधारमा उत्तरी चीनका केही ग्रामीण क्षेत्रहरुमा पहिलो रातमा दुलहा र दुलहीलाई हँसाउने क्रममा नाता-कुटुम्ब र इष्ट-मित्रहरुले झ्यालबाट कोठाभित्र भोजनशलाका फ्याँक्ने चलन छ। त्यसको अर्थ छिटो-छिटो छोरा-छोरी पाओस् भन्ने हो। लठ्ठीरुपी भोजनशलाका साना भए पनि तिनको कुशल प्रयोगका लागि कोशिश गर्नु पर्दछ।

भोजनशलाकाको प्रयोग सम्बन्धमा चिनियाँहरुको कुशलताले बारम्बार विदेशीहरुको ध्यानाकर्षण गर्दैआएको छ। कुरा कहाँसम्म भने केही पश्चिमी मुलुकहरुमा विशेष गरी भोजनशलाकाको प्रयोग केन्द्र स्थापित गरिएको छ रे। केही सम्बन्धित विशेषज्ञहरुले भोजनशलाकाको प्रयोगले मान्छेको शरिरका तीसवटाभन्दा बढी जोर्नी र पचासभन्दा बढी मासपिण्डलाई सबल पारी हातको कुशलता र मगजको विकासलाई सहायता दिन्छ भन्ने ठहर गर्नुभएको छ। चीन भोजनशलाकाको जन्मथलो भए पनि विश्वमा भोजनशलाका सम्बन्धी संग्रहालय भने जर्मनीमा छ रे। त्यस संग्रहालयमा सुन, चाँदी, जेट, बाँस, काठ आदिबाट बनाइएका दश हजार भन्दा बढी भोजनशलाकाहरु राखिसएका छन्। ती भोजनशलाकाहरु विभिन्न ऐतिहासिक काल वा विभिन्न मुलुक र क्षेत्रहरुबाट विकसित हुँदैआएका हुन। यति ठूलो विश्वमा चमत्कारयुक्त कुराहरु पनि धेरै छन, हैन त!

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान