नेपाली भाषा

आफ्नो विशेषतायुक्त"ख्वाइ च"अर्थात् भोजनशलाका बारे

   

प्राप्त जानकारी अनुसार, विश्वमा मानिसहरु खाना खाँदा तीन तरिकाले खान्छन। विश्वमा हातले खानेहरुको संख्या चालीस प्रतिशत छ। काँटा-चम्चाले खानेहरुको संख्या तीस प्रतिशत छ र "ख्वाइ च"अर्थात भोजनशलाकाले खाने मानिसहरुको संख्या तीस प्रतिशत छ।

भोजनशलाका भनेको चिनियाँहरुको एउटा ठूलो रचना हो। थाहा भएअनुसार, करिब तीन हजार वर्षअघिको "इन शाङ्ग"नामक युगमा भोजनशलाकाको प्रयोग गरिन्थ्यो। शरुमा त्यसलाई भोजनशलाका भनिंदैनथ्यो। प्राचीनकालका किताबमा लेखिए अनुसार, त्यस बेलाका मानिसहरु त्यसलाई "टु"वा"च्या"भन्दथे। इसा पूर्व छैठौं र सातौं शताव्दीमा त्यसलाई "चिइन" भनिन्थ्यो। "भोजनशलाका"अर्थात् "ख्वाइ च"को नाम कसरी आयो होला? यस बारे पूरानो किताबमा यसरी भनिएको छः पूर्वी चीनमा याङ्ग सी नदीको किनारमा बस्ने मानिसहरुले चिनियाँ भाषामा"टु"शब्दको उच्चारण र"रोक्नु"को उच्चारण ठ्याक्कै मिलेकाले रोक्नुबाट डुंगा चलाउनेहरुका लागि बेफाइदा भएको ठानेर"टु"को सट्टामा "ख्वाइ"अर्थात् "छिटो"अर्थ दिने नाम दिएका थिए। इसा पूर्व दशौं शताव्दीमा सुङ्ग राज-वंशदेखि मानिसहरुले चिनियाँ भाषाको यो शब्द"ख्वाइ"अक्षरमा घाँसको टाउको अर्थलाग्ने अक्षर थपेपछि अहिलेको ख्वाइ च " शब्दको उत्पत्ति भएको हो। यसको अर्थ के भने धेरैजसो भोजनशलाकाहरु बाँसबाट बनाइएका हुन्छन। बाँस र घाँस सबै वनस्पतिका जात हुन।

भोजनशलाकाको रचना कसरी गरिएको थियो त?अनुमान गरिए अनुसार, आदिमकालमा मानिसहरुले काँचो खाद्य-पदार्थलाई सेकाउँदा हात पोल्नबाट जोगाउनका लागि रुखका दुइवटा हाँगा वा बाँसका दुइवटा शाखाको प्रयोग गरी ती चीज-बीज च्यापेर खानु एकदमै सजिलो ठानेर अन्तमा त्यस भोजनशलाकाको रचना गरे। भोजनशलाकाको बनौट सजिलो छ। त्यसको आकारको दृष्टिबाट हेर्दा तीनीहरु माथिल्लो भाग मोटो एवम् चार कुने र तल्लो भाग मसिनो र गोलो भएका दुइवटा साना लठ्ठी हुन। यस्तो आकारका भोजनशलाका प्रयोग गर्दा नचिफ्लिने भएकाले सजिलो हुन्छ। त्यस्तो चौकुने आकारको भोजनशलाका टेबुलमा राख्दा आफै गुड्दैन र खाने कुरा खाँदाखेरी मसिनो भागतिर गोलो भएको हुनाले त्यसले मुखमा चोट-पटक लाग्ने खतरा हुँदैन। भोजनशलाकाले जापानमा प्रवेश पाएपछि त्यहाँका बासिन्दाहरुले त्यसको पूर्ण आकारमा परिवर्तन गरी माथिल्लो भाग मोटो र तल्लो भाग मसिनो बनाए तर मोटो भागतिर चार कुने पारेनन, गोलै राखे। त्यसको कारण के हो भने जापानीहरु चाना-चाना पारी काटिएको काँचो माछा लगायत नपकाएका खाद्य-पदार्थहरु मन पराउँछन। त्यस्ता चाना खानका लागि यस्तो आकारको भोजनशलाकाको प्रयोग उपयुक्त हुन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान