चिया खाने चिनियाँहरुको बानी सम्बन्धमा

   

चिया पकाउने तरिका पनि फरक-फरक छ। चीनको पूर्वी क्षेत्रमा ठूलो चियादानीको प्रयोग गर्ने चलन छ। पाहुनाहरु घरमा पस्नेबित्तिकै चियाका पातलाई चियादानीमा राखी उमालेको पानी हालिन्छ। अनि त्यसपछि ठीक तरिकाले बनाइएको चिया पाहुनाका अगाडि राखिएका कपमा हालिन्छ र खान अनुरोध गरिन्छ। पूर्वी चीनमा पर्ने फु च्यान प्रान्तको चाङ्ग चाउ नामक क्षेत्रमा चिया खानका लागि प्रयोग गरिने भाँडा-कुँडाहरुको आ-आफ्नै विशेषता छ। त्यस बाहेक, चीया बनाउने, पकाउने तरिका पनि फरक भएकाले यहाँका चीया पकाउने कलाले आफ्नै विशिष्ट शैली तयार पारिसकेको छ।

चीनका विभिन्न क्षेत्रको चिया-शिष्टता पनि फरक-फरक छ। पचिङ्गमा घरपट्टीले पकाइसकिएको चिया ल्याएको देख्नेबित्तिकै पाहुनाहरु अबिलम्ब आ-आफ्ना ठाउँबाट उठेर दुबै हातले त्यो चिया लिनुका साथसाथै धन्यवाद दिनुपर्ने चलन छ। दक्षिणी चीनमा पर्ने क्वाङ्ग तुङ्ग प्रान्त र क्वाङ्ग सी जुआङ्ग जातीय स्वायत्त प्रदेशका केही क्षेत्रहरुमा घरपट्टीले चिया ल्याएको देखेपछि पाहुनाहरु आफ्ना दाहिने हातका औंला घुमाएर सुस्तरी टेबुलमाथि तीन पटक ठोक्छन्। यसो गर्नुको उद्देश्य धन्यवाद व्यक्त गर्नु हो। अरु कुनै-कुनै ठाउँमा त पाहुनाहरुले चिया खाँदैगर्दा पटक-पटक कपमा चिया थप्नुपर्ने चलन छ। यस्तो अवस्था देखेर घरपट्टीले पनि भाँडामा चिया-पानी थप्ने गर्छन्। सबै चिया पानी सिध्याइएको खण्डमा घरपट्टीले पाहुनाहरुलाई अरु चिया चाहिंदैन भन्ने ठानेर पानी थप्दैनन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान