चिया खाने चिनियाँहरुको बानी सम्बन्धमा

   

इसा पूर्व सात सय असीमा थाङ्ग राज-वंशका लु यु नामका एकजना चिया सम्बन्धी विद्बानले चियाको खेती गर्ने,चिया बनाउने र चिया खाने जस्ता अनुभवहरुको निचोड निकालेर"चियाका बारेमा"नामक चीनको पहिलो किताब लेख्नुभएको थियो। सुङ्ग राज-वंशका सम्राट सु व्है चुङ्गले आफ्ना मन्त्री र अरु अधिकारीहरुलाई चिया खुवाउनका लागि स्वयम् आफै चिया पकाउँनेगर्थे भने छिङ्ग राज-वंशको दरबारमा भोजका अवसरमा विदेशी दूतहरुको स्वागत चियाले गर्नेगरिन्थ्यो। आजआएर हरेक नयाँ वर्ष वा वसन्त चाडजस्ता महत्वपूर्ण चाड-वाडहरुमा चीनका केही निकाय वा संस्थाहरुले चिया-पान समारोहहरुको आयोजना गर्नथालेकाछन।

चीनमा चिया खानु आफ्नै विशेषतायुक्त एक किसिमको सँस्कृति नै बनिसकेको छ। मानिसहरुले चिया पकाउनु र चिया चाख्नुलाई एक किसिमको कला मान्दैआएका छन्। प्राचीनकालदेखि अहिलेसम्म पनि चीनका विभिन्न क्षेत्रहरुमा चिया सम्बन्धी विविध शैलीका भवनहरु थिए र छन्। चीनको राजधानी पैचिङ्गको "छिआन मन" सडकको छेऊमा विशेष गरी चिया खाने ठूलो भवन छ। मानिसहरु त्यहाँ गएर चिया खाने,मिठाइ खाने, केक खाने र साँस्कृतिक कार्यक्रम हेर्ने गर्दछन्। त्यहाँ गएर मानिसहरु आराम गर्न र रमिता हेर्न पाउँछन। दक्षिणी चीनमा चिया भवन मात्र नभई चिया-चमेना गृह पनि छन्। ती चिया-चमेना गृहहरु धेरैजसो पर्यटकीय रमणीय स्थानहरुमा स्थापित गरिएको छ। त्यहाँ गएर यात्रीहरु एकातिर चिया खान्छन् भने अर्कातिर राम्रा-राम्रा दृष्यहरुको अवलोकन गर्दछन्।

चीनमा चिया खाने बानी फरक-फरक छ। चियाको पाललाई नमूना बनाएर भनौं- चीन निकै ठूलो भएका कारण विभिन्न क्षेत्रका बासिन्दाहरुले मन पराउँदैआएको चियाको पात पनि फरक-फरक छन। पैचिङ्गका बासिन्दाहरु चमेलीको चिया मन पराउँछन भने शाङ्ग हाइका बासिन्दाहरु हरियो चिया र दक्षिण-पूर्वी चीनमा पर्ने फु च्यान प्रान्तका बासिन्दाहरु कालो चिया। त्यसको अतिरिक्त, केही ठाउँमा चिया खाँदा त्यसभित्र केही मसला राख्ने चलन छ। जस्तै दक्षिणी चीनमा पर्ने हु नान प्रान्तका केही ठाउँहरुमा पाहुनाहरुलाई सत्कार गर्दा चियामा नून, अदुवाको टुक्रा, तील र भुटेको मास पनि राखिएको देखिन्छ। यो चीया खाँदाखेरी हल्लाई हल्लाइकन खाइन्छ र अन्तमा मास,तील, अदुवाका टुक्रासहित चियालाई पनि मुखमा राखी विस्तारै-विस्तारै खाइन्छ रे। त्यसै भएको हुनाले केही ठाउँहरुमा चिया पिउनुको सट्टा चिया खानु भनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान