नेपाली भाषा

विवाह सम्बन्धी चिनियाँहरुको चलन

   

विवाहको स्वागत समारोहका दिन धेरैजसो दुलहीले मंगल सूचक रातो पोशाक लगाउँथे। आज आएर केही दुलहीले पश्चिमी मुलुकका दुलहीहरुले लगाउनेगरेको लामो सेतो जामा लगाएको देख्नपाइन्छ। परम्परागत चलन अनुसार, दुलहीले आफ्ना पिताको घर छोडेर दुलाहाको घर जाने बेलामा रुनु पर्थ्यो जसबाट माइती घर नछोड्ने भावना व्यक्त गरियोस। दुलही दुलाहाको घर पुगेपछि स्वागत समारोह शुरु हुन्छ। केही ठाउँमा यसै बेला दुलहीले आँगनमा राखिएको अस्थायी अग्नि भाँडोलाई नाघेर जानुपर्ने चलन पनि छ। यसको अर्थ यसै आगोमा सबै नराम्रा कुराहरुलाई जलाएर दुलाहा र दुलहीको आगामी जीवन सुखमय हुनसकोस भन्ने हो। दुलही कोठाभित्र पसेपछि गर्नुपर्ने प्रक्रिया एकपछि अर्को गरी क्रमिक रुपमा गर्नुपर्छ। सबैभन्दा पहिले पूजा-आजा गर्ने कार्यक्रम छ। कार्यक्रमअनुसार, सर्वप्रथम आकाश र धर्तीको पूजा गर्नुपर्छ। त्यसपछि आमा-बाबुको पूजा गर्ने र अन्त्यमा दुलही र दुलाहाले एक-अर्काको पूजा गर्ने गरिन्छ। पूजा-आजाको कार्यक्रम सकिएपछि दुलाहा र दुलहीले आ-आफ्ना पाखुरालाई काँजे पारेर रक्सी खाने चलन छ। नयाँ कोठामा दुलाहा र दुलहीले एकले-अर्काको कपाल काटी जीवनभरि एक-अर्काप्रति वफादार रहने वचनबद्धताका साथ महत्वपूर्ण चीज-बीज सुरक्षित राख्ने चलन छ।

यस स्वागत समारोहको चरम विन्दु नाता-कुटुम्ब,इष्ट-मित्र र विभिन्न पक्षबाट आएका साथी एवम् छिमेकी पाहुनाहरुलाई भोज खुवाउनु हो। त्यसलाई"खुशीयाली भोज"पनि भनिन्छ। त्यसैले मानिसहरु उक्त स्वागत समारोहमा संलग्न हुने क्रियालाई"खुशीको रक्सी खाने"भन्दछन्। लोक जातिमा विवाह स्वागत समारोहको आयोजना गर्दा, विशेष गरी त्यसको परिमाणमाथि एकदमै ध्यान दिने चलन छ। परिमाण ठूलो वा सानो भएको कुराबाट दुलाहा र दुलहीका घरका मानिसहरुले त्यसमाथि देखाएको ध्यानाकर्षणको परिमाण प्रदर्शित गरिएको मानिन्छ। भोजका क्रममा दुलही स्वयम् आफैले सबै पाहुनाहरुलाई तरकारी र रक्सी खुवाउनु पर्दछ। दुलाहा-दुलहीको कोठालाई"तुङ्ग फाङ्ग"अर्थात् खुशी लाग्दो कोठा भनिन्छ। "तुङ्ग फाङ्ग"विवाह स्वागत समारोहको सबैभन्दा अन्तिम भाग हो। त्यसका सहभागीहरुमा धेरैजसो विवाह नभएका युवा-युवतीहरु हुन्छन। त्यस बेला उनीहरुले दुलाहा-दुलहीलाई लाज लाग्ने गाह्रा-गाह्रा प्रश्नहरु सोध्ने वा उनीहरुलाई खुशी पार्ने वा साँकृतिक कार्यक्रमहरु देखाउन लगाउने आदि विविध तरिकामार्फत विवाह स्वागत समारोहमा हार्दिक वातावरणको सिर्जना गर्दछन्। यसको उद्देष्य दुलाहा र दुलहीलाई जीवनभरि उक्त कुरा कहिल्यै पनि बिर्सननसक्ने बनाउनु हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान