नेपाली भाषा

छिङ्ग मिन चे चाड

   

उक्त परम्पराले स्थानीय बासिन्दाहरुमा निकै गहिरो जरा गाडेको पाइन्छ। मानिसहरु अहिलेसम्म पनि यस परम्पराको अनुसरण गर्ने गर्दछन्। तथापि पहिलेको कडा नियममा हाल केही खुकुलोपना देखा पर्नथालेको छ। उदाहरणका रुपमा, पहिले घर-घरमा अनिवार्य रुपमा आ-आफ्ना पूर्वजहरुको पूजा-आजा गरिन्थ्यो। तर अहिले भने सामूहिक रुपमा शहीदहरुको सम्मानमा सलाम गर्ने चलन छ। हरेक वर्षको छिङ्ग मिन चे चाडका बेला मानिसहरु शहीद पार्कहरुमा गई ती शहीदहरुका चिहान अगाडि ताजा फूलको गुच्चा वा एउटा माला वा धूपीको एउटा हाँगा चढाई उनीहरुप्रति श्रद्धा भाव व्यक्त गर्ने गर्दछन्।

छिङ्ग मिन चे चाड वसन्त ऋतुमा पर्दछ। प्राचीनकालमा यो चाड आफ्ना पूर्वजहरुको सम्झनामा पूजा-आजा गर्ने चाडका रुपमा उत्पन्न भए तापनि हाल आएर यसमा भ्रमण तथा मनोरञ्जन आदि कार्यक्रमहरु पनि समावेश भएको पाइन्छ। त्यसैकारण यसलाई "था छिङ्ग" अर्थात "कछाड क्षेत्रको यात्रा"नामक कार्यक्रम पनि भनिन्छ। कुरा कहाँसम्म भने कुनै-कुनै ठाउँमा त यसलाई"कछाड क्षेत्रको यात्रा"चाड पनि भनिन्छ।

प्राचीनकालमा "ची छाइ"नामक एक किसिमको जंगली साग टिप्ने चलन थियो। यो चलन अहिलेसम्म पनि विद्यमान छ। छिङ्ग मिन चे चाड अघि र पछि केही कुमारी केटी र महिलाहरुले खेत-बारीमा गई ताजा र कलिला जंगली सागपातहरु टिप्ने गर्छन्। घर फर्केपछि उनीहरु ती सागपातहरुको प्रयोग गरी गहुँ वा मकैको पीठोको ममचा बनाउने गर्छन्। त्यस किसिमको खाद्य पर्दाथ आफ्नै शैलीको विशेषतायुक्त स्वादको हुन्छ। त्यस बेला केही कन्या र महिलाहरुले उक्त"ची छाइ"का सेता फूल कपालमा लगाएको दृष्य पनि देख्नपाइन्छ।

छिङ्ग मिन चे चाडका अवसरमा मानिसहरु चंगा उडाउने, डोरी तान्ने र लठ्ठे वा रोटे पिङ्ग खेल्ने आदि कार्यक्रमहरु पनि सञ्चालन गर्दछन।

यस चाडले "छिङ्ग मिन चे" नाम कसरी पायोहोला?यस चाडको आगमन प्रकृतिमा वसन्त ऋतुको पदार्पणका साथै हुनेगर्दछ। यस बेला न्यानो हावा चल्छ। कलिला घाँस-पात देखापर्दछन, सप्रन्छन। वसन्त ऋतुको वातावरण अति मनमोहक र रमाइलो देखिन्छ। छिङ्ग भनेको हरियो हो भने मिन भनेको उज्ज्यालो। छिङ्ग मिन चे चाडको बेला वसन्तकालीन खेती-पातीको सबैभन्दा उत्तम अवधि हो। कृषि सम्बन्धमा कलम चलाउने धेरै लेखहरुले छिङ्ग मिन चे चाड र कृषि कार्य बीचको सम्बन्धबारे उल्लेख गर्दैआएका छन्। जस्तै छिङ्ग मिन चे चाडको अघि र पछि खरबूजा-तरबूजा र दाल रोप्नु पर्दछ। वृक्षारोपण गर्ने हो भने अवश्य नै छिङ्ग मिन चे चाडअघि गर्नुपर्छ। अन्यथा ती विरुवाहरु बाँच्ने संभावना कम हुन्छ। लोक भनाइअनुसार, यती बेला रोपेको लठ्ठीमा पनि टुसा निस्कन सक्छन।

प्राचीनकालमा छिङ्ग मिन चे चाडका अवसरमा वृक्षारोपण गर्ने चलन थियो। एउटा पूरानो कवितामा यसरी लेखिएको छः सडक-सडकमा जताततै बैंसका रुख र पहाडी पिपलका रुख हरा-भरा देखिन्छन्। तीनीहरु हामीलाई वसन्तको आगमन सम्बन्धी सुसमाचार दिन्छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान