नेपाली भाषा

छिङ्ग मिन चे चाड

   

हरेक वर्षको वसन्त ऋतुमा न्यानो हुने भएकाले जताततै विभिन्न किसिमका फूलहरु फुलिरहेका हुन्छन र सबै प्रकारका वनस्पति र जनावरहरु निद्राबाट ब्यूँझेझैं सप्रँदै-बढ्दैआइरहेका देखिन्छन्। यस बेला चिनियाँहरु लोक परम्पराअनुसारको एउटा चाड- छिङ्ग मिन चेको स्वागत गर्दछन।

चिनियाँ पात्रो अनुसार "छिङ्ग मिन चे"चाड मौसमको अवस्थाको व्याख्या सम्बन्धमा विद्यमान रहेको अनुमान गरिएका चौबीसवटा केन्द्र-विन्दुहरुमध्येको एक हो। सार्वजनिक पात्रो अनुसार, यो चाड धेरैजसो अप्रील महिनाको शुरुमा पर्दछ। यसै दिन नगरको कछाड क्षेत्रको यात्रा गर्ने वा आ-आफ्ना स्वर्गीय पूर्वजहरुको सम्मानमा तीनीहरुका समाधिहरुमा पूजा-आजा गर्ने चलन छ।

यसो भएकाले कुनै-कुनै ठाउँमा छिङ्ग मिन चे चाडलाई "राक्षस चाड" भन्ने चलन पनि छ। यसै नामबाट स्वर्गीय पूर्वजहरुको सम्झनामा पूजा-आजा गर्ने चाड भन्ने अर्थ बुझिन्छ। यस चाड अघि वा पछि घर-घर र परीवा-परीवारका मानिसहरु आ-आफ्ना नातेदारहरुको चिहान वा समाधिमा पुगी त्यहाँ उम्रिएका घाँस-पात उखल्ने,नयाँ माटो थप्ने,धूप र नक्कली नोट बाल्ने,घुँटा टेकेर पूजा-आज गर्ने वा मौन धारणा गर्ने र अभिवादन गर्ने गर्दछन। चीनको सुङ्ग राज-वंशकालमा(सन् नौ सय साठीदेखि बाह्र सय उनासी वर्षसम्म)छिङ्ग मिन चे चाडमा स्वर्गीय आफन्तहरुको सम्झनामा पूजा-आजा गर्ने परम्पराको चित्रण गर्ने एउटा कविता थियो। त्यसमा उल्लेख गरिएको थियो: दक्षिणी र उत्तरी डाँडा-काँडामा धेरै चिहान र समाधि छन्। मानिसहरु एक-पछि अर्को गरी त्यहाँ पुगी पूजा-आजा गर्दछन्। त्यहाँ बालिएका कागजको खरानी सेता पुतलीका रुपमा उड्छ। आँसु र रगतबाट लाली गुराँस बनिसक्छ।

किम्बदन्ती अनुसार, छिङ्ग मिन चे चाडको उत्पत्ति चीनको हान राज-वंशकालमा(इसा पूर्व दुइ सय छदेखि दुइ सय बीससम्म)भएको हो। मिन राज्य वंश र छिङ्ग राज-वंशकालमा(सन् तेह्र सय अठसट्ठीदेखि उन्नाइस सय एघारसम्म)चिहान-समाधिहरुमा आफ्ना पूर्वजहरुको सम्मानमा पूजा-आजा गर्ने चलन निकै व्यापक भएको पाइन्छ। त्यति बेला केही मानिसहरु नक्कली नोट बाल्नुका साथै दर्जनौं थरिका तरकारीहरु पकाएर चिहान-समाधिमा चढाउने गर्दथे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान