नेपाली भाषा

ठू सी नामक रात बारेको किम्बदन्ती

   

चिनियाँ पात्रो अनुसार, वर्षको बाह्रौं महिना अर्थात् वर्षको अन्तिम दिनको रातलाई ठू सी भनिन्छ। ठूको अर्थ हटाउनु वा लत्याउनु हो। सी भनेको रात हो। ठू सी भनेको यस वर्षको अन्तिम रातलाई हटाएर आउनलागेको नयाँ वर्षको स्वागत गर्ने भन्ने हो। चीनमा ठू सीलाई "रातलाई हटाउने","वर्षको रात" र "वर्षको तीसौं रात" पनि भन्ने चलन छ।

चीनको परम्परागत चलनअनुसार ठू सीलाई हटाउन लत्याउने गरिन्छ र यसो गर्ने तरिका विभिन्न स्थानमा फरक-फरक छन। भनौं:ठू सी अघिका केही दिनमा मानिसहरु आ-आफ्नो आँगन र कोठा सफा गर्छन्। यो चलन पहिलेदेखि नै चलिआएको देखिन्छ। वर्षको अन्तिम दिन मानिसहरु घर-आँगन अझ राम्ररी सफा गर्नेगर्दछन्। त्यसको अर्थ"पूरानोलाई हटाउनु र नयाँको स्वागत गर्नु"हो। यो चलन प्राचीनकालको एउटा किम्बदन्तीबाट आएको हो। त्यस भनाइअनुसार, पौराणिक कथामा "ठुआन सु"नामका राजाको एउटा छोरो थियो। त्यो एकदमै अल्छी थियो। उ दिनभरि थोत्रा लुगा लगाउँथ्यो र खोले मात्र खान्थ्यो। कुनै वर्षको अन्तिम रात अर्थात् ठू सीमा उसलाई जाडो र भोकका कारण कोठाको कुनामै मर्‍यो। त्यसै कारण वर्षको सो अन्तिम दिनमा सफा गर्ने मौकाको प्रयोग गरी नयाँ वर्ष आउनु अघि घरका सबै थोत्रा लुगाफाटा र बाँकी रहेका भात तरकारी फ्याँक्नुपर्छ। यसको अर्थ गरीबीलाई आफ्नो घरमा आउन नदिनु हो।

घर सफा गरेपछि चाडवाडको वातावरण सिर्जना गर्नका लागि मानिसहरु आ-आफ्ना घरका ढोकाका खापामा वसन्त चाड सम्बन्धी शुभकामना लेखिएका लखौट टाँस्ने र नागरुपी बत्तिहरु झुण्ड्याउने गर्दछन्। लोक-दुनियाँमा ठू सी अर्थात् अन्तिम दिनको राति मानिसहरुमा"थु सु" नामक एक किसिमको पेय पदार्थ खाने चलन छ। त्यो रक्सी र पानी मिसाएर बनाइएको हुन्छ। किम्बदन्ती अनुसार, "थु सु" नामक एउटा परालको घरमा एकजना असाधारण मान्छे बसिरहेको थियो। उ विशेष गरी वन-जंगलमा गएर जडीबुटी बटुल्ने गर्थ्यो। हरेक वर्षको अन्तिम दिन उ मानिसहरुका घर-घरमा जान्थ्यो, आफूले तयार पारेको जुडीबुटी औषधी त्यहाँका बासिन्दाहरुलाई दिन्थ्यो र रोग निवारण गर्न तथा बिपत्ति टार्नका लागि नयाँ वर्षको पहिलो दिन यो औषधी सबैले खानुपर्छ भनेर सम्झाउने गर्थ्यो। त्यसका साथै उक्त औषधी बनाउने तरिका बारे पनि उ स्थानीय बासिन्दाहरुलाई सबिस्तार जानकारी दिन्थ्यो। त्यसै कारण गाउँले बासिन्दाहरुले त्यस औषधीको नाम"थु सु"राखे। प्राचीनकालको एउटा औषधी सम्बन्धी किताबका अनुसार, "थु सु"नामक त्यो औषधी सुन्तलाका बोक्रा र ता हुङ्ग नामक वनस्पतिका जरा आदि सातवटा जडीबुटीबाट बनाइन्थ्यो। त्यसले रोग निवारण र उपचारको प्रभावकारी भूमिका निर्वाह गर्दथ्यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान