नेपाली भाषा

लाबा चे चाड

   

पैचिङ्ग नगरका बासिन्दाहरुले उक्त लाबा चेलाई वसन्त चाड आउन लागेको संकेत ठान्दैआएका छन्। यस दिन घर-घरमा लाबा चाउ खोले बनाउनु पर्दछ। पैचिङ्गमा पहिलेदेखि नै एउटा लोक गीत प्रचलित छ। त्यसको बोल यस प्रकार छः बुढीहरु हो, तपाईंहरुले दिक्क मान्नुपर्दैन। लाबा चे गएपछि वसन्त चाड आउनथाल्छ। केही दिनभित्र लाबा चाउ खोले खाँदा-खाँदै थाहै नभईकन बाह्रौं महिनाको तेइस्रौं चाड आउँछ।

(वसन्त चाडअघि एकै परीवारका सबै खाद्य-पदार्थहरुको व्यवस्थापन सम्बन्धी एउटी देवीलाई आकाशतिर पठाउन विदा गर्ने सानो चाड)

लाबा चे चाडका बेलामा लाबा चाउ खोले खाने चलन बाहेक उत्तरी चीनको लोक जातिमा चुक, अमिलो आदिमा लसुन हालेर लसुन-वेनेकर बनाउने चलन पनि छ। यसै दिन घरका मालिक्नी बोक्रा छोडाइएको लसुनका पोटीहरु एउटा सानो गाग्रीमा राखी टन्न हुनेगरी चुक, अमिलो वा वेनेकरले भर्छिन। अनि गाग्रीको मुख बन्द गरी कोठाको न्यानो ठाउँमा राख्छिन। पूरानो वर्षको अन्तिम दिन अर्थात् नयाँ वर्षको अघिल्लो दिनको रातमा च्याओ च नामक एक किसिमको ममचा खाँदा त्यस लसुन-भेनेगरसँगै खाने चलन पनि छ। यसरी बनाइएको लसुनको रंग निकै महँगो एक किसिमको पत्थरको रंग जस्तै हरियो देखिन्छ। रातो रंगको भेनेगरबाट झिकिएको त्यस लसुनलाई नखान मन कसलाई लाग्ला र! त्यसले पनि चाडको वातावरणलाई अरु रुचीकर बनाइदिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान