नेपाली भाषा

लाबा चे चाड

   

चीनमा लाबा चाउ नामक खोले खाने चलन एक हजार वर्षभन्दा पनि पहिले चलेको हो। सबैभन्दा पहिले यो चाड चीनको सुङ्ग राज-वंश कालमा शुरु भएको भन्ने भनाइ छ। त्यस बेला हरेक वर्षको बाह्रौं महिनाको आठौं दिनमा दरबार र सरकारी अधिकारीका कार्यालयहरु होस् वा गुम्बा, मन्दिरहरु यी सबै ठाउँमा लाबा चाउ खोले पकाइन्थ्यो। लोक-जातिमा घर-घर र परीवार-परीवारमा आ-आफ्ना पूर्वजहरुको सम्झनामा, उनीहरुको पूजा-आजा गर्नका लागि लाबा चाउ खोले पकाइन्थ्यो। त्यसका साथसाथै उनीहरु एउटै ठाउँमा भेला भई सँगसागै मिलेर लाबा चाउ खाने र त्यसलाई कोसेलीका रुपमा आ-आफ्ना नाता-कुटुम्ब र इष्ट-मित्रहरुलाई दिनेगर्थे।

लाबा चाउ खोलेका विविध किसिम छन्। परम्पराअनुसार, लाबा चाउ खोले बनाउन चाहिने आठवटा मुख्य सामग्रीहरु र आठवटा सहायक सामग्रीहरु हुन्छन। यी आठ आठको अंक र आठौं ठ्याक्क मिलेको हुनाले यसको अर्थ मंगलमय हुनआउँछ। यसका लागि आवश्यक मुख्य सामग्रीहरुमा दलहनमा रातो दाल,मुङ्ग,बोडी,सिमी,मटर,केराउ आदि समावेश छन् भने अनाजहरुमा कोदो, लेसिलो चामल, गहुँ, जौ, मकै,जुनेलो आदि समावेश छन। यसालई पकाउँदा पकाउने मानिसले आफूलाई

मन परेका अनाजहरु छानेर पकाउन सक्छ।

त्यसका सहायक सामग्रीहरुमा सुकेका आरु,खुर्पानी,ओखर हलुवावेद, नाशपाती, किसमिस, कटुस, कमलको बियाँ, बदाम,काजु आदि रहेका छन।

मुख्य र सहायक सामग्रीहरु छानेर मिलाएपछि तिनलाई ठीक मात्रामा पानी हालिएको माटाको भाँडामा राखी सानो आगोमा विस्तारै विस्तारै पकाउनु पर्छ। पकाइसकिएको खोलेमा चिनी,मिस्री,मह आदि गुलियो पदार्थ हालेपछि त्यो खोले झन् मीठो र स्वादिलो हुन्छ। कुनै घर-परीवारले विविध रंगको खोले मन नपराएको खण्डमा धेरै रंगका सामग्री नछानेर सेता वा फिक्का रंगका सामग्रीहरु, जस्तै लेसिलो चामल र कमलको बियाँ मात्र छानेर खोले बनाउँछन। यसरी बनाइएको खोले हेर्दा खाउँ-खाउँ लाग्दो र खाँदा मुखै रसाउने हुन्छ। जाडोको मौसममा एउटै परीवारका सबै सदस्यहरु एकै ठाउँमा बसेर यस्तो खोले खानु कति रमाइलो कुरा है?

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान