नेपाली भाषा

वसन्त चाड सम्बन्धी चीनका अल्पसंख्यक जातिहरुको चलन

   

वसन्त चाड चीनका छपन्नैवटा जातिहरुको साझा चाड हो। हान जातिका अतिरिक्त धेरैजसो अल्पसंख्यक जातिहरु आ-आफ्नो जातीय विशेषतायुक्त तरिकाले यस परम्परागत रमाइलो चाड मनाउँदैआएका छन।

ली जु जातिका मानिसहरु (मुख्य रुपमा दक्षिणी चीनको हाइनान प्रान्तमा बसोबास गर्दछन): चिनियाँ पात्रो अनुसार, वर्षको बाह्रौं महिनाको अन्तिम दिनको रात अर्थात् नयाँ वर्षको अघिल्लो दिनको राति ली जु जातिका आ-आफ्नो परीवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर मीठा-मीठा खाने कुरा खानेगर्छन। भोजका अवसरमा उनीहरु नयाँ वर्षको गुणगान गाइने गीत पनि गाउँछन। नयाँ वर्षको पहिलो दिन वा दोस्रो दिन त्यहाँका बासिन्दाहरु सामूहिक रुपमा शिकार गर्छन। शिकारमा प्राप्त सम्पूर्ण हिस्साको आधा भाग निशाना लगाउन सफल पहिलो मान्छेलाई दिइन्छ भने बाँकी अरु भाग सहभागीहरुका बीच बाँड-फाँट गर्ने चलन छ। त्यसबाहेक दुइ जीउ भएका महिलाहरुले दुइ भाग प्राप्त गर्नसक्ने चलन पनि छ।

यी जु जाति (मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने स्ठूआन प्रान्तमा बसोबास गर्दछन): वसन्त चाडका बेला यी जु जातिका मानिसहरु सामूहिक रुपमा "आसिथ्योयुए"नामक एक किसिमको नाच नाच्दै हर्ष-बढाइँ गर्छन। कुनै-कुनै गाउँ-घरमा नयाँ वर्षको पहिलो दिन घर-परीवारका लोग्ने मान्छेहरुलाई घरको काम-काज गराउने र महिलाहरुलाई आराम गराउने चलन छ। यसबाट महिलाहरुको अघिल्लो वर्षको थकाइ केही मेटिन्छ भन्ने विश्वास गरिएको छ।

म्याऊ जु जाति (मुख्य रुपमा चीनका हुनान र क्वैचाउ आदि प्रान्तहरुमा बसोबास छ):म्याऊ जातिका मानिसहरु वसन्त चाडलाई "ख च्या न्यान"भन्दछन। चाडको अवसरमा घर-घर र परीवार-परीवारले नयाँ वर्षमा मौसम राम्रो होस् र राम्रो अन्नपात प्राप्त होस भन्नाका लागि बंगूर र खसी काट्ने चलन छ। त्यसका अतिरिक्त, म्याऊ जातिका मानिसहरु वसन्त चाडको गुणगान गाइएको एक किसिमको गीत गाउँछन। गीतको बोल मोटामोटी यस प्रकार छः वसन्तबारे विचार, वसन्तको प्रतीक्षामा, वसन्तलाई माया र वसन्तको सामिप्यता।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान