नेपाली भाषा

युआन स्याउ चे चाड अर्थात् रसबरी चाड

   

बत्तीहरुको झिलिमिली हेर्नु र युआन स्याउ खानु बाहेक युआन स्याउ चे चाडमा अनेकौं किसिमका साँस्कृतिक-मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गर्ने चलन छ। जस्तै सिंह नाच,लौरी-खुट्टा नाच,लोक नाच आदि। तिनमा, अझ विशेष गरी सिंह-नाच चाडवाडका बेला चीन बाहेक विश्वमा चिनियाँ मूलका विदेशीहरुको बसोबास रहेका सबै ठाउँहरुमा अवश्यनै देखाउनु पर्छ। चीनको दक्षिणी र उत्तरी भेगको सिंह-नाच फरक-फरक छ। दक्षिणी भेगको सिंह-नाचको शैली र प्रक्रिया फरक छ, यसलाई धेरैजसो दुइजनाले नाचेर देखाउँछन् भने उत्तरी भेगको सिंह-नाचले बीरतापूर्ण विजयको गाथा गाउँदैआएको छ। यसको प्रदर्शन प्रायजसो दर्जनौं र कहिलेकाहीं चालीस-पचासजनासम्म व्यक्तिहरुले गर्दछन। यस नाच चिनियाँ लोक गीतको सुमधुर लयमा देखाउने चलन छ। यसका प्रदर्शनकर्ताहरु होस् वा दर्शकहरु सबै नै त्यसमा सक्रियता साथ सहभागी हुन्छन र पहिलो महिनाको पन्ध्रौं दिनमा मनाइने युआन स्याउ चे चाडलाई हार्दिक र रमाइलो बनाउने प्रयास गर्छन।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान