नेपाली भाषा

युआन स्याउ चे चाड अर्थात् रसबरी चाड

   

ती रङ्गीबिरङ्गी बत्तीहरुमध्ये धेरैजसो रङ्गीबिरङ्गी कागजबाट बनाइएका थिए। ती कागजबाट डाँडा-काँडा ,पानी, बास्तु, मानव जाति, फूल, जनावर र चरा-चुरुंगीहरुका आकारका बत्तीहरु बनाउन सकिन्थ्यो। तीमध्ये एक किसिमको प्रचलित बत्तीलाई चीनको सबैभन्दा राम्रो विशेषता रहेको बत्ती मानिन्थ्यो। उक्त प्रचलित बत्ती एक किसिमको खेलौनारुपी बत्ती थियो। हालसम्म प्राप्त जानकारी अनुसार, त्यसको इतिहास एक हजार वर्षभन्दा पनि पूरानो छ। यस किसिमको बत्तीभित्र पाते पांग्रो जडान गरिएको हुन्थ्यो। त्यसको प्रविधि अनुसार, मैनलाई बाल्ने बित्तिकै त्यसबाट निस्केको ग्यास माथितिर उडेपछि त्यसले त्यो पाते पांग्रालाई घुमाउँछ र, परिणामस्वरुप, पाते पांग्रामा जडान गरिएका कागजी घोडाहरु द्रुत गतिले हावाको गतिमा दौडन्छन। बत्तीको बाहिरबाट हेर्दा साँच्चिकै हजारौं घोडाहरु दगुरिरहे जस्तो लाग्छ।

युआन स्याउ चे चाडका अवसरमा युआन स्याउ अर्थात् रसबरी खानु पनि एक किसिमको मुख्य चलन हो। लगभग सुङ्ग राज-वंशताका अर्थात् इसा पूर्व नौ सय साठीदेखि सन् बाह्र सय उन्नासीसम्मका लोक परम्पराअनुसार, यस चाडका बेला खानैपर्ने एक किसिमको अनौठो खाद्य पदार्थ चलन-चल्तिमा थियो। त्यो थियो: चामलको मुछेको लेसिलो पीठोभित्र ओखर, काजु , बदाम, तिल आदिका बियाँहरुको धूलोमा चिनी वा मह मिसाएर बनाइएका स-साना गोलाकार डल्लाहरुलाई उम्लेको तातो पानीमा पकाएर तयार पारिएको खाद्य पदार्थ। त्यो अति नै स्वादिलो हुन्छ। पछिगएर चीनको उत्तरी क्षेत्रमा त्यस खाद्य पदार्थलाई "युआन स्याउ" भन्नथालियो भने दक्षिणी चीनमा त्यसलाई "थाङ्ग युआन" र "थाङ्ग थुआन" भनिन्थ्यो।

युआन स्याउको विकासका क्रममा हाल त्यसलाई तीसवटा जति किसिममा तयार गर्नेगरिएको छ। त्यसभित्र हालिने खाद्य-पदार्थहरुमा बयरको धूलो, दालको धूलो, सूर्यमुखी फुल आदिका बियाँसहितको धूलो, दूधसहित कोको, चकलेट आदि-आदि पनि समावेश छन्। फरक-फरक ठाउँका युआन स्याउको स्वाद फरक-फरक छ। जस्तै: चीनको हु नान प्रान्तको थाङ्ग युआन सेतो हुन्छ र मीठो पनि हुन्छ। पूर्वी चीनमा पर्ने च च्याङ्ग प्रान्तको थाङ्ग युआनभित्र हालिएको खाद्य-पदार्थ बढी र त्यसलाई बेरिएको पीठो पातलो हुन्छ। शाङ्ग हाइ शहरको परेवाको अण्डाजस्तो थाङ्ग युआन आकारमा अति सानो हुन्छ र पैचिङ्ग शहरको बयरको धूलो , तिलको बियाँ र दूधसहित कोको हालिएको युआन स्याउको पनि आफ्नै विशेषता छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान