नेपाली भाषा

तुआन ऊ चे चाड

   

चिनियाँ पात्रो अनुसार, पाँचौं महिनाको पाँचौं दिनलाई"तुआन ऊ चे"चाड भनिन्छ। तुआन ऊ चे चाड, वसन्त चाड र टुङ्ग छ्यौ चेलाई चीनका ठूला चाड मानिएको छ।

तुआन ऊ चेलाई किन चाड भनिएको होला? तुआनको अर्थ शुरुवात हो र शुरुवातको पाँचौं दिनको अर्थ "तुआन ऊ"हो। चिनियाँ पात्रो अनुसार, पाँचौं महिनालाई ऊ युए भन्दछ। त्यसैका आधारमा पाँचौं महिनाको पाँचौं दिनलाई "तुआन ऊ"भनिएको हो।

तुआन ऊ चेको उत्पत्ति बारेमा धेरै भनाइ प्रचलित छन। कसैको भनाइ अनुसार, यो आदिम कालमा ग्रिष्म ऋतुको शुरुवातसँग सम्बन्धित छ भने कसैको भनाइ अनुसार यो चीनको याङ्ग सी नदीको तटवर्ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरुले नाग अर्थात ड्र्यागनलाई आफ्नो रक्षक-देवता मानेको कुरासँग सम्बन्धित छ। लोकविश्वास अनुसार, यस चाडको शुरुवात प्राचीन कालका देश-भक्त छियु युआन नामका एकजना कविको सम्झनामा भएको हो।

विद्यमान तथ्याङ्कअनुसार, कवि छियु युआन इसा पूर्व तेस्रो शताव्दीमा छु को नामको एक राज्यका नागरिक थिए। उनको मातृ-भूमिलाई शत्रु-राज्यले आक्रमण गरी आफ्नो भूमिमा गाभेपछि उनी एकदमै दुःखी भए र त्यसै कारण"मि लो च्याङ्ग"नामको एउटा नदीमा हाम्फालेर प्राण त्याग गरे। त्यो दिन पाँचौं महिनाको पाँचौं दिन थियो। पछि मानिसहरुले उनको उच्च गुणको सम्झनामा हरेक वर्षको पाँचौं महिनाको पाँचौं दिन प्वालभित्र चामल राखिएका बाँसका टुक्राहरुलाई नदीमा बगाउने चलन चलाए। अनि त्यसपछि विस्तारै-विस्तारै त्यस किसिमका बाँसका टुक्राहरुको सट्टामा "चुङ्ग च"नामको एक किसिमको खाद्य पदार्थलाई नदीमा बगाउँन थालियो।

"टुङ्ग च"नामको खाद्य पदार्थ खानु "तुआन ऊ चे"चाड मनाउने कार्यक्रमहरुमध्येको सबैभन्दा महत्वपूर्ण पक्ष हो। प्राचीन कालमा "टुङ्ग च"लाई "चिआउ शु"भनिन्थ्यो। त्यो नर्कट वा बाँसका पातहरुमा लेसिलो चामललाई बेह्रेर तीन कुने वा सिरकको ढाँचामा तयार पारी बफाएर वा पानीमा पकाएर तयार पारिने खाद्य-पदार्थ हो। उक्त चाडमा खानका लागि"तुआन ऊ चे"चाडको अघिल्लो दिनको राति घर-घरमा त्यस्तै किसिमको "टुङ्ग च"तयार गर्ने चलन छ। चाडका बेलामा नाता-कुटुम्ब र इष्ट-मित्रहरुप्रति सद्भावना व्यक्त गर्ने क्रममा एक-अर्कालाई उक्त टुङ्ग च कोसेलीका रुपमा दिने गर्दछन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान