नेपाली भाषा

ठुङ्ग याङ्ग चे चाड

   

चिनियाँ पात्रो अनुसार, नवौं महिनाको नवौं दिन चिनियाँहरुको महत्वपूर्ण परम्परागत चाड ठुङ्ग याङ्ग चे पर्दछ। यस दिन मानिसहरु बुढा-बुढी तथा केटा-केटीहरुलाई पनि सँगै लिएर ढकमक्क फुलिरहेका गोदावरी फुलको रसास्वादन गर्ने र पहाड चढ्ने कार्यक्रमको आयोजना गर्दछन। यति मात्र नभई उनीहरु"चु यु"नामक एक किसिमको जडीबुटी रोप्ने र "व्हा काउ"नामक एक किसिमको खाद्य पदार्थ खाने पनि गर्छन। "व्हा काउ"भनेको चामलको पिठोबाट बनाइएको लेसिलो खाद्य पदार्थ हो।

ठुङ्ग याङ्ग चे नामक यस चाडको उत्पत्ति हुनुको कारण यसप्रकार छ:आदिमकालीन मानिसहरुले नौलाई"शुभ संख्याका रुपमा"लिनेगर्थे। नवौं महिनाको नवौं दिन दुइवटा नौ जोडिएको दोहोरो संख्या भएकाले त्यसलाई झन महत्वपूर्ण र मंगलमय मानिने गरिन्थ्यो। ठुङ्ग याङ्ग चे चाडको उत्पत्तिको कारण बारे निकै पौराणिक अर्थयुक्त एउटा किम्बदन्ती प्रचलित छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान