नेपाली भाषा

छिइ छिआओ चाड अर्थात कौशल र बुद्धि माग्ने चाड

   

चिनियाँ पात्रो अनुसार, जुलाई सात तारिखका दिन चिनियाँ परम्परागत"छिइ छिआओ चाड"पर्दछ। किम्बदन्ती अनुसार, यसै दिन आकाशमा रहेका अल्टैर र भेगा तारा नामका ताराहरु एक-अर्कासँग भेटिने दिन हो।

आदिमकालमा आकाशमा रत्ती पनि बादल हुँदैनथ्यो र निकै नीलो हुन्थ्यो। दिनदिनै यस्तो दृष्य देखेर इन्द्रलाई दिक्क लाग्यो। अनि त्यसपछि उनले "केही कपडा बुनेर आकाशलाई केही लुगा बनाएर लगाउदेउ"भनेर आफ्नी सातवटी छोरीलाई आदेश दिए। ती सातवटी छोरीले बुनिसकेका कपडाहरुको रंग खैरो नभई सेतो मात्र भएकाले उनलाई अझै पनि त्यो रङ्ग मन परेन। ती सातवटी दिदी-बहिनीहरुमध्ये कान्छी सबैभन्दा चलाक थिइन्। उनले बगैंचामा फुलिरहेको एक किसिमको सात रंगयुक्त फूल देखिन। यसैले उनले यस्तै किसिमका धेरै फूल टिपेर तिनका रंगबाट कपडा बुन्ने धागो रङ्गाइन। उनको यस प्रयासको परिणामस्वरुप रंगीविरंगी कपडा बुनियो। यस्तो कपडा देखेर उनका दिदीहरुले खुशीसाथ उनको हात समातेर उनको कुशलताको धेरै प्रशंसा गरे। यत्ति मात्र होइन, ती दिदी-बहिनीहरुले साधारण दिनमा "आकाश"लाई सेतो लुगा र पानी पर्दा खैरो लुगा लगाइदिने अनि विहानीपख र साँझमा रङ्गीचङ्गी लुगा लगाइदिने निर्णय गरे। यो कुरा थाहा पाएपछि इन्द्रलाई निकै खुशी लाग्यो। अनि त्यसपछि उनले कान्छी छोरीलाई"च न्यूई"अर्थात बुनाइमा कुशल केटीको पदवी दिए।

च न्यूई दिनदिनै कपडा बुन्ने गर्थिन्। थकाइ लागेपछि उनी सधैं आकाशबाट तलतिर हेरेर लोक जगतका दृष्यलाई नियाल्ने गर्थिन। उनले एक दिन त्यहाँ एउटा केटालाई देखिन। त्यस केटाले दिनदिनै एक्लै खेतिपाती गर्थ्यो,आराम गर्दा पनि उ गोरुसङ्ग मात्र कुराकानी गर्थ्यो । हेर्दा-हेर्दै च नियूको मनमा उसप्रति मायालु भाव जाग्यो। त्यो केटो न्यौ लाङ्ग अर्थात् गोठालो थियो।

एक दिन गोरुले न्यौ लाङ्गलाई भनेको थियो:महोदय,"भोलि सातौं महिनाको सात तारिखको दिन हो।" भोलि भगवानका सातवटी छोरीहरु हाम्रो लोक-जगतमा आई नुहाउने कार्यक्रम छ। यदि हजुरले च न्यूईको लुगा लुकाउन सकेमा उनी हजुरकी श्रीमती बन्नेभएकी छिन। गोरुको कुरा सुनेर केटालाई निकै खुशी लाग्यो र उनले त्यसै गर्ने निर्णय गर्‍यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान