नेपाली भाषा

चीनको वसन्त चाड

   

वसन्त चाड मनाउने तरिका विविध छन्। केही ठाउँहरुमा ओपेरा तथा चलचित्र देखाउने गरिन्छ भने केही ठाउँहरुमा सिंह नाचको आयोजना गर्ने,लौरी-खुट्टा नाचको आयोजना गर्ने, लोक नाचको आयोजना गर्ने र मेलाको आयोजना गर्ने गरिन्छ। त्यति बेला जताततै हर्ष-बढाइँको वातावरण देख्नपाइन्छ। यद्यपि धेरैजसो मानिसहरु आ-आफ्नै घरमा बसेर आफूलाई मन परेका टेले-कार्यक्रमहरु हेर्नेगर्दछन। किनकि विभिन्न टेलिभिजनहरुले वसन्त चाडको अवधिमा विभिन्न उमेरका मानिसहरुले हेर्नलायक थुप्रै विविध किसिमका राम्रा कार्यक्रमहरु तयार पारेका हुनछन्।

वसन्त चाड मनाउने क्रममा ढोकाका खापामा शुभकामना-लेखौट र मंगल-सूचक चीत्र टाँस्ने र रंगीचंगी बत्तिहरु झुण्डाउने पनि गरिन्छ। वसन्त चाडको अवधिमा हाट-बजारहरुमा मानिसहरुको सुखमय जीवन,हार्दिक श्रम र डाँडा-काँडा एवम् खोला-नाला जस्ता रमणीय स्थानहरुको चित्रण गर्ने प्रशस्त चीत्रहरु र शुभकामना-लेखौटहरु राखिएका देखिन्छन। यसको उद्देश्य मानिसहरुलाई छनौटको अवसर प्रदान गर्नु हो। वसन्त चाडका क्रममा बत्ति मेला पनि एउटा रमाइलो कार्यक्रम हो। रंगीचंगी बत्ति चीनको लोक-क्षेत्रमा विद्यमान परम्परागत कलात्मक वस्तु हो। युगौंयुगसम्मको अनुभव र प्रयासपछि त्यसको निर्माण सम्बन्धी कला निकै समृद्ध भएको देखिन्छ। ती भिन्ना-भिन्नै आकारका रंगीचंगी बत्तिहरुका खोलहरुमा विविध किसिमका जनावर,प्राकृतिक दृष्य र बहादुर जस्ता विषयहरु लेखिएका देखिन्छन्।

मानिसहरुको जीवन-स्तरमा सुधार हुँदैआएको परिप्रेक्षमा चिनियाँहरुको वसन्त चाड मनाउने तरिकामा पनि परिवर्तन भएको देखिन्छ। त्यस्ता तरिकाहरुमध्ये अरु ठाउँ वा अरु मुलुकको भ्रमणमा जानु आदिलाई उल्लेख गर्नसकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान