नेपाली भाषा

चीनको वसन्त चाड

   

जस्तै,साँस्कृतिक विभाग र कलाकार मण्डलीहरुले प्रशस्त साँस्कृतिक कार्यक्रमहरु तयार गर्नेगर्छन। टेलिभिजन स्टेशनहरुले विविध किसिमका रमाइला साँस्कृतिक कार्यक्रमहरुको तयारी गर्नेगर्छन्, ठूला-ठूला पार्कहरुले नियमित मेलाको व्यवस्था गरेर पर्यटक तथा यात्रुहरुका लागि साधारण दिनभन्दा झन बढी रमाइला कार्यक्रमहरु प्रस्तुत गर्नेगर्छन। शहरिया बासिन्दाहरुको आवश्यकता पूरा गर्ने हेतुले ठूला डिपार्मेन्टल स्टोरहरुले चीनका अरु ठाउँहरु र अरु मुलुकहरुबाट समेत नयाँ-नयाँ माल-सामानहरु किनेर ल्याउने गर्दछन्। एउटा तथ्यांकका अनुसार, वसन्त चाडको अवधिमा चिनियाँहरुले गर्ने खर्च-रकम वर्षभरिको खर्चको एक तिहाइभन्दा बढी हुनेगरेको छ।

चीनका विभिन्न ठाउँहरुमा वसन्त चाड मनाउने आ-आफ्नै परम्परागत चलन छ। तर उत्तरी क्षेत्रमा होस् वा दक्षिणमा नयाँ वर्ष अघिको दिन अर्थात् पूरानो वर्षको अन्तिम महिनाको अन्तिम दिनको राति एक परीवारका सबै सदस्यहरु एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर खाना खाने कार्यक्रम नभई नहुने कुरा हो। दक्षिणी चीनमा यस पटकको खानामा दर्जनौं तरकारीहरु हुन्छन्। तिनमा तोफू र माछा अवश्य नै हुनुपर्छ। किनकि चिनियाँ अक्षरको उच्चारण अनुसार तोफू र माछाको संयुक्ताक्षरको उच्चारणले"सम्पन्नताको अर्थ"दिन्छ। उत्तरी चीनमा उक्त खानामा धेरैजसो"चिआओ च"अर्थात् ममचा खाने गर्छन्। एउटै परीवारका सबै सदस्यहरुले सँगसँगै मिलेर बनाएको त्यो खाद्य पदार्थ मैदाको मुछिएको पीठोका स-साना डल्ला बनाएपछि त्यसलाई बेलेर बनाइएका साना-साना पत्रभित्र मसिनो पारी पेलिएको मसला मिसाइएको मासु राखेर दुइ कुने स-साना डल्ला बनाई उमालेको पानीमा पकाएर तयार पारिन्छ। यस्तो खाना सबैले एउटै ठाउँमा सँगै बसेर खानु कति रमाइलो है।

पूरानो वर्षको अन्तिम राति बाह्र बजेसम्म बसेर नयाँ वर्षलाई पर्खने चलन पनि छ। त्यस राति मानिसहरुले बढाइँका साथ पूरानो वर्षलाई विदा गरी नयाँ वर्षको स्वागत गर्नेगर्छन्। पहिले नयाँ वर्ष आउँदा मानिसहरु पटका पड्काएर त्यसको स्वागत गर्दथे। तर आज आएर सुरक्षाकाल कारण वा प्रदूषण बढ्ने डरले यी र यस्ता अन्य केही कुराहरु तथा राक्षसलाई भगाउने अर्थयुक्त पहिलेको चलनलाई हाल आएर राजधानी पैचिङ्ग लगायतका केही ठूला शहरहरुमा निषेध गरिएको छ। जनवरी महिनाको एक तारिख अर्थात् नयाँ वर्षको पहिलो दिन परीवारका बूढा-बूढी होउन वा केटा-केटीहरु, सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिन तिनीहरुकहाँ जाने गर्दछन्। भेटका बेला उनीहरुले एक-अर्कालाई"नयाँ वर्षको शुभकामना"र"वसन्त चाडको शुभकामना"आदि मंगलमय शब्दका माध्यमबाट एक-अर्काको सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्नेगर्छन्। अनि त्यसपछि पाहुनाहरुलाई आफ्नो घरमा बोलाएर मिठाइ,फल-फूल र चिया खुवाउँदै गफ गर्नेगर्दछन्। विगत वर्षमा नाता-कुटुम्ब वा इष्ट-मित्रहरु बीच कुनै झै-झगडा भएको भए वसन्त चाडको सुअवसरमा शुभकामना पुर्‍याउन उहाँकहाँ गएपछि त्यसलाई आपसमा समझदारी भइसकेको अभिव्यक्तिका रुपमा लिइन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान