नेपाली भाषा

चीनको वसन्त चाड

   

पश्चिमी मुलुकका मानिसहरुका लागि क्रिसमस, नेपालीहरुका लागि दशैं जस्तै वसन्त चाड चिनियाँहरुका लागि एक वर्षमा आउने सबैभन्दा ठूलो चाड हो। समयको परिवर्तनका साथसाथै वसन्त चाड मनाउने विषयहरु र तरिकामा केही परिवर्तन भए पनि चिनियाँहरुको जीवन र विचारमा वसन्त चाडको स्थान कुनै अर्को चाडले लिन सक्दैन।

प्राप्त भनाइका अनुसार, वसन्त चाडको इतिहास चार हजार वर्ष पूरानो छ। तर शुरु-शुरुमा यसको नाम वसन्त चाड थिएन र साथै यसलाई नियमित रुपमा मनाइँदैनथ्यो पनि। इसा पूर्व दुइ हजार एक सय वर्षअघि त्यति बेलाका मानिसहरु वृहस्पति ग्रहको एक पटक परिक्रम गर्दा एक वर्ष लाग्छ भन्थे। त्यसका साथसाथै वसन्त चाडलाई वर्ष भन्थे। इसा पूर्व एक हजार वर्षसम्म मानिसहरु "वर्ष"लाई वसन्त चाडका रुपमा अभिव्यक्त गर्थे। वर्ष भनेको त्यस बेलाको बुझाइअनुसार राम्रो फसल भन्ने थियो। राम्रो फसल भित्र्याइएको वर्षलाई सम्पन्न वर्ष भन्थे र निकै राम्रो फसल पाइएको खण्डमा त्यसलाई ठूलो सम्पन्न वर्ष भन्दथे।

चिनियाँ रीति-रिवाज अनुसार, वसन्त चाड व्यापक अर्थमा चिनियाँ पात्रो बमोजिम बाह्रौं महिनाको तेइस तारिखदेखि अर्को वर्षको पहिलो महिनाको पन्ध्र तारिखमा पर्ने रसबरी चाडसम्म जारी रहन्छ र त्यसको अघि-पछि मोटामोटी तीन हप्ता हुन्छ। सो चाडका क्रममा नयाँ वर्षको अघिल्लो दिन अर्थात पूरानो वर्षको अन्तिम महिना अर्थात् बाह्रौं महिनाको तीस तारिख र नयाँ वर्षको पहिलो महिनाको एक तारिखको दिउँसो र राति सबैभन्दा भव्य तरिकाले यो चाड मनाइन्छ र त्यसलाई वसन्त चाडको सबैभन्दा रमाइलो अवसर भनिन्छ।

वसन्त चाडको स्वागतका लागि शहरमा होस वा ग्रामीण क्षेत्रमा त्यहाँका सबै मानिसहरुले विविध किसिमका कार्यक्रमको आयोजना गर्नेगर्दछन। भनौं,ग्रामीण क्षेत्रमा यो चाड मनाउने तयारी कार्य बाह्रौं महिना लागेदेखि शुरु हुन्छ। त्यस क्रममा धेरैजसो घर-परीवारहरुले सिरक र विछ्यौना समेत धुनुका साथै कोठाभित्र वा आँगनमा पनि सफा गर्ने गर्छन। यसबाट फोहरलाई परित्याग गरी वातावरणलाई नयाँ सफा रुप दिन सकियोस भन्ने अर्थ लाग्छ। यति मात्र होइन,यस चाडको अवधिमा खान र पाहुनाहरुलाई खुवाउनका लागि मानिसहरुले मिठाइ,केक,मासु, फल-फूल लगायत बजारबाट पटक-पटक थरि-थरिका खाने कुरा किन्ने गर्छन। ठूल्ठूला शहरहरुमा त धेरै अघिदेखि नै चाडका लागि तयारी कार्य शुरु गरेको देखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान