नेपाली भाषा

चिनियाँ आधुनिक विशेषतायुक्त वास्तु

   

चिनियाँ आधुनिक विशेषतायुक्त वास्तु

पैचिंगको स्यांग शान् होटल

पैचिंगको पश्चिमी भागमा पर्ने स्यांग शान् पार्कमा रहेको स्यांग शान् होटल सन् 1982 मा स्थापित भएको हो । त्यसको डिजाइन अमेरिकी प्रख्यात पै ल्यु मिङ्ग वास्तुकला विशारद कार्यालयद्बारा गरिएको हो। सो वास्तुले चिनियाँ बगैंचा वास्तुको विशेषतालाई अंगिकार गरेको छ। सो वास्तु ठूलो पैमानामा सेतो रंगले रंगाएको छ। सो होटलले सन् 1984 मा अमेरिकी वास्तु कला संघद्बारा दिइने पुरस्कार पाएको छ।


छिंग व्हा विश्वविद्यालयको नयाँ पुस्तकालय

उक्त भवन सन् 1991मा निर्मित भएको हो। यो नयाँ पुस्तकालय भावन सन् 1919 र सन् 1931 मा निर्मित पूराना पुस्तकालय भवनसित जोडिएको छ। यी नयाँ र पूराना पुस्तकालय भवन सो विश्वविद्यालयको सबैभन्दा ठूलो वास्तु हो। उक्त वास्तु गत दशकको नव्बेको दशकका पैचिंगका दशवटा महा वास्तुको सूचीमा अंकित भएको छ।

शांग हाइको चिन् माओ ता शा होटेल

शांग हाइ चिन् माओ ता शाको उचाइ चार सय बीस मिटर छ। त्यो वास्तुको मुख्य भवनका 88 तला छन। चिन् माओ ता शाको कूल क्षेत्रफल 2 लाख 90 हजार वर्गमिटर छ। त्यसको डिजाइन र निर्माणबाट चिनियाँ वास्तु शैली र आधुनिक विज्ञान तथा प्रविधिको सम्मिश्रण प्रतिबिम्बित भएको छ। त्यो आधुनिक वास्तुकलाको आदर्श नमूना हो र चिनियाँहरु प्रधान रहेर ठेक्का लिएको विश्वको पहिलो स्तरको वास्तु परियोजना हो।

चीनको पहिलो अग्लो भवनको नाउँ भएको शांग हाइ चिन् माओ ता शाको उचाइ चार सय बीस मिटर छ। त्यो वास्तुको मुख्य भवनका 88 तला छन। हालसम्म त्यो चीनको सबैभन्दा अग्लो भवन हो र संसारको तेस्रो अग्लो गगनचुम्बी भवन हो। चिन् माओ ता शाको कूल क्षेत्रफल 2 लाख 90 हजार वर्गमिटर छ। त्यसको डिजाइन र निर्माणबाट चिनियाँ वास्तु शैली र आधुनिक विज्ञान तथा प्रविधिको सम्मिश्रण प्रतिबिम्बित भएको छ। त्यो चिनियाँ वास्तु-कलाको इतिहासमा दर्जनौं पटक विश्वको सर्वोच्च वास्तु सावित भैसकेको छ। त्यो आधुनिक वास्तुकलाको आदर्श नमूना हो र चिनियाँहरु प्रधान रहेर ठेक्का लिएको विश्वको पहिलो स्तरको वास्तु परियोजना हो।

चिनियाँ आधुनिक विशेषतायुक्त वास्तु

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान