नेपाली भाषा

चिनियाँ आधुनिक विशेषतायुक्त वास्तु

   

शांग हाइको शान्ति होटेल

शांग हाइको शान्ति होटेल सन् 1929 मा निर्मित भएको थियो। त्यसको पूरानो नाउँ व्हा माओ होटेल हो। त्यो शिकागो सम्प्रदायको क थ ढांचे वास्तु हो । त्यसमा जम्मा बाह्र तला छन् र त्यसको उचाइ सतहत्तर मिटर छ। त्यस होटलको बाहिरी भित्ता मार्बलबाट बनेको छ र त्यसको पिरामिड ढाँचाको हरियो तामाको झिंगटी जस्तो चुच्चो टुप्पो छ र त्यसको घुम्ने ढोका, फराकिलो बरण्डा र प्रवेश कक्ष छन। त्यसले सुदूर-पूर्वी क्षेत्रको पहिलो ठूलो भवनको नाउँ पाएको छ।

नान् चिनको चोंग शान् समाधिस्थल

नान् चिनको चोंग शान् समाधिस्थल चीनका महान् प्रजातान्त्रिक क्रान्तिका अगुवा सुन् यात् सेनको चिहान हो। त्यो नान् चिन् शहरको पूर्वी कछाड क्षेत्रको चोंग शान पहाडमा अवस्थित छ। सिंगै समाधिस्थल पहाडको भिरालोमा तह तह भएर माथि उठेको छ त्यो शानदार देखिन्छ। सिंगै समाधिस्थल यौटा घडी जस्तो देखिन्छ। सो घडीको माथिल्लो भाग पहाडको फेदीको अर्घचन्द्राकार चोक हो। चोंग शान् समाधिस्थल दक्षिणदेखि उत्तरसम्म क्रमशः अग्लो हुदैगएको छ र त्यसपछि चोक, ढुंगाको हल, चिहान बाटो, समाधिस्थलको ढोका र स्तम्भ, पूजा हल र कफिन हल छन। चोंग शान् समाधिस्थलको वास्तु शैली चिनियाँ र बेलायती शैलीको मिश्रण हो। चोंग शान् पहाडको शानदार वातावरण र सो समाधिस्थलभित्रका विभिन्न हलहरुसँगै जोडिएको ठूलो हरियो घाँसको चउर र फराकीलो भर्‍यांग निकै शान्दार र भव्य देखिन्छ। त्यो चिनियाँ आधुनिक वास्तुको इतिहासमा पहिलो समाधिस्थल भएको मानिन्छ।

चिनियाँ आधुनिक विशेषतायुक्त वास्तु

(नान् चिनको चोंग शान् समाधिस्थल)

जन-वृहत् सभा भवन

त्यो पैचिंगको थिआन आन् मन चोकको पश्चिमी भागमा पर्दछ। त्यो चिनियाँ नेतागण र सर्वसाधारणद्बारा राजनैतिक तथा परराष्ट्र गतिविधि सञ्चालन गर्ने थलो हो। साथै त्यो चीनका महत्वपूर्ण नमूना भन्नलायक वास्तुमध्येको एक पनि हो। जन-वृहत् सभा भवनको निर्माण सन् 1959 मा गरिएको हो। त्यस भवनको क्षेत्रफल एक लाख सत्तरी हजार वर्गमिटर छ। सो भवन भव्य र शान्दार देखिन्छ। जन-वृहत् सभा भवनभित्र एक सयवटाभन्दा बढी सम्मेलन कक्ष र बैठक कक्ष छन्। तिनीहरुका आ-आफ्नै विशेषता छन। वास्तुको शैलीको दृष्टिकोणबाट हेर्दा जन-वृहत् सभा भवनले चिनियाँ परम्परागत वास्तु कलालाई सुरक्षित राख्नुका साथै विदेशी वास्तुकलाको श्रेष्ठतालाई पनि भित्र्याएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान