नेपाली भाषा

चीनको आधुनिक वास्तुबारे

   

चीनको आधुनिक वास्तु भनेको 19 औं शताव्दीको मध्यकालदेखि यताको चिनियाँ वास्तु हो।

सन् 1840 मा भएको अफिम युद्धदेखि सन् 1949 मा नयाँ चीनको स्थापनासम्म चीनको वास्तुमा चिनियाँ र बेलायती विविध शैली मिश्रित भवनहरु देखापरेका छन। त्यस अवधिमा चिनियाँ वास्तुमा परम्परागत चिनियाँ पूरानो वास्तु प्रणालीले श्रेष्ठता छ तर नाट्यशाला, रेष्टुराँ, लजिंग हाउस र डिपार्टमेन्टल स्टोर जस्ता वाणिज्य भवनले भने व्यापक रुपमा परम्परागत वास्तुको परिपाटीलाई त्यागिदिएका छन। शांग हाइ र थिआन चिन् आदि शहरमा विदेशी महावाणिज्य दूतावास, बैंक, होटेल र क्लब जस्ता विदेशी ठूला भवनहरु देखापरेका छन्।

सन् 1949 मा जन-गणतन्त्र चीनको स्थापना भएपछि चिनियाँ वास्तु नयाँ ऐतिहासिक अवधिमा प्रवेश भएको छ। यस अवधिमा चिनियाँ आधुनिक वास्तुले संख्या, मात्रा, ढांचा र क्षेत्रीय विभाजन तथा आधुनिक स्तरको दृष्टिकोणबाट हेर्दा हालसालैको मर्यादालाई तोडेर नयाँ शैली देखाएको छ। गत शताव्दीको असीको दशकदेखि यता चिनियाँ वास्तु क्रमशः खुला हुदैआएको छ र चिनियाँ आधुनिक वास्तु बहुरुपीकरणतर्फ विकसित हुनथालेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान