नेपाली भाषा

मिंग राज्यकालको निर्माण वस्तु

   

मिंग राज्यकाल(ईस्वी 1368-1644)देखि चीन सामन्तवादी समाजको अन्तिम कालमा प्रवेश भएको थियो । यस अवधिको वास्तुकलाको शैलीमा धेरैजसो सुंग राज्यकालको शैलीको मात्र उपयोग गरिएको र खासै नयाँ सुधार नभएको देखिन्छ। निर्माण-वस्तुको डिजाइनको दृष्टिबाट हेर्दा त्यसको परिधि निकै फराकिलो र भव्य देखिन्छ।

यस अवधिको शहरको निर्माण परियोजना तथा दरवारको निर्माण शैली पछिसम्म पनि कायमै राखिएको थियो। राजधानी पैचिंग र चीनमा अहिलेसम्म विद्यमान सबैभन्दा फराकिलो परिधिको प्राचीन शहर - नान् चिंगले मिंग राज्यकालको निर्माण शैलीको विशेषताको अवलम्बन गरेका थिए। छिंग राज्यकालमा राजदरवारको निर्माण गर्दा मिंग राज्यकालको राजदरवारको आधारमा निरंन्तर रुपमा विस्तृत र सुव्यवस्थित पारिएको थियो। यस अवधिमा राजधानी पैचिंग पहिलेको आधारमा सुधार गरेर बनाइएको थियो । त्यस बेलाको पैचिंग शहरको निर्माण पूरा भएपछि बाह्य भाग, भित्री भाग र राजदरवारको भाग गरी तीन भागमा विभाजित गरिएको थियो।

मिंग राज्यकालताका प्रतिरोधात्मक निर्माण वस्तु अर्थात लामो पर्खालको निर्माण गर्दा सशक्त शक्ति लगाइएको थियो। लामो पर्खालको निर्माण गर्दा त्यसका धेरै महत्वपूर्ण भागका भित्ता, किल्ला र बुर्जाघरहरुमा ईंटको प्रयोग गरिएको थियो र निर्माणको स्तर पनि चरमोत्कर्षमा पुगेको थियो। मिंग राज्यकालमा निर्मित लामो पर्खाल पूर्वतीर या लु च्यां नदी देखि शुरु भई पश्चिमतीर कान् सुको च्या यु क्वान् भन्ने नाका सम्म पुगेको थियो। त्यसको लम्बाइ 5660 किलोमिटर रहेको थियो। शान्हाई क्वान्, च्या यु क्वान् आदि नाकाका रुपमा रहेका प्रसिद्ध शहर चीनको वास्तुकलामा विशिष्ट शैलीका उत्कृष्ट नमूना हुन। कलात्मकताको दृष्टिबाट हेर्दा पैचिंगको पा ता लिङ खण्डको लामो पर्खाल, स मा थाई खण्डको लामो पर्खाल निकै मूल्यवान् रहेको बताइएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान