नेपाली भाषा

चीनका निवास भवन

   

उत्तरी क्षेत्रका गुफा- घर तथा प्राचीन शहरका आवास भवन

चीनको उत्तरी क्षेत्रको व्हाङ ह नदीको सिरान र माझ-खण्डमा गुफालाई घरको रुपमा प्रयोग गर्ने चलन छ। पल्लो शान्सी, कान्सु, ह नान्, वल्लो शान्सी आदि पहेंलो माटो भएका क्षेत्रमा स्थानीय बासिन्दाहरुले प्राकृतिक भिरालाहरुमा तेर्सो आकारका गुफा बनाएर केही गुफालाई जोडेर गुफाभित्र इँट वा ढुंगाद्बारा कोठा बनाउने गरेका छन्। यस किसिमको गुफा आकारका घरमा जाडो याममा न्यानो हुन्छ र गर्मी याममा शितल हुन्छ। यसका अतिरिक्त आगो नलाग्ने, चर्को आवाजलाई छेक्ने, जमीन थोरै ओगट्ने, कम खर्चिलो र थोरै श्रम लाग्ने यी आवासहरुको विशेषता रहेको छ। प्राकृतिक अवस्था र जीवनको आवश्यकतालाई राम्रोसँग मिलाएर घर बनाउने एक तरिका हो। यसबाट आफ्नो जन्मभूमिको पहेंलो माटोप्रति स्थानीय वासिन्दाहरुको गहन प्रेम-भाव दर्शाइएको छ।

यसका अतिरिक्त, चीनमा तुलनात्मक रुपमा राम्रोसँग सुरक्षित प्राचीन शहरहरु पनि छन्। ती प्राचीन शहरभित्र धेरै प्राचीनकालीन निवास भवनहरु सुरक्षित छन्। तीमध्ये वल्लो शान्सी प्रान्तको फिंग याओ भन्ने प्राचीन शहर र युन् नान् प्रान्तको लि च्यांग भन्ने प्राचीन शहरलाई सन् 1998मा विश्व सम्पदा सूचिमा समावेश गरिएको छ ।

चीनका निवास भवन

फिंग याओ नामक प्राचीन शहर अहिलेसम्मको सबैभन्दा राम्रोसँग संरक्षित मिंग र छिंग राज्यकालताकाको प्राचीन शहर हो । साथै यो चीनको हान् जातिको बसोवास रहेको मध्य चीनका प्राचीन शहरहरु मध्येको एक विशिष्ट पनि नमूना हो यो। अहिलेसम्म यो प्राचीन शहरको प्राचीन, टोल बाटो, निवास भवन, पसल, मठ-विहार आदि संरचनाहरुको संरक्षण मोटा-मोटी रुपमा भएको छ साथै त्यसको निर्माण-संरचना र ढाँचा-आकृतिको विशेषता पनि कायमै रहेको छ। चीनको राजनीति, अर्थतन्त्र, संस्कृति, सैनिक कार्य, निर्माण, कला आदि पक्षको ऐतिहासिक विकासको अनुसन्धान गर्नका लागि फिंग याओ एक जीवन्त नमूना हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान