नेपाली भाषा

चीनका निवास भवन

   

फु चेन प्रान्तको दक्षिणी क्षेत्र तथा क्वांग तुंग प्रान्तको उत्तरी क्षेत्र र क्वांग सिको उत्तरी क्षेत्रका ख च्या बासीहरु समूहका रुपमा रहेका ठूला आकारका भवनहरुमा बसोवास गर्छन्। त्यसको बाह्य रुप गोलाकार र चौपाटे देखिन्छ। बीचमा बैठक कोठा र दायाँ-बायाँ चार वा पाँच तले भवनहरु निर्मित छन्। वाह्य आक्रमणको प्रतिरोध गर्ने क्षमता रहनु यस किसिमका भवनको विशेषता हो। फु चेन् प्रान्तको युंग तिङ जिल्लाको ख च्या बासीहरु बस्ने माटे इँटाका भवनहरुले यस किसिमको भवनको प्रतिनिधित्व गरेका छन्। यस जिल्लामा चौपाटे, गोलाकार, आठ कुने र अण्डाकारका आदि आठ हजार भन्दा बढी माटे इँटका घरहरु छन्। वैज्ञानिक दृष्टिबाट हेर्दा ती माटे इँटका भवनहरु निकै उपयोगी हुनुका साथै सरल पनि भएको पाइएको छ। त्यस प्रकारका घरहरु दक्षिणी चीनका केही ठाउँहरुमा व्यापक रुपमा देखिन्छन्।

चीनका निवास भवन

अल्पसंख्यक जातिहरुका आवास भवन

चीनका अल्पसंख्यक जातीय क्षेत्रमा पनि आवास भवनहरुको निर्माण निकै विविधतापूर्ण देखिन्छ। उदाहरण हो, चीनको उत्तर-पश्चिमी क्षेत्रको सिन्च्याङ-युगुर जातीय स्वायत्त प्रदेशमा युगुर जातिका घरहरु धेरैजसो एक वा तीन तले छन, छानो समतल परेको अर्थात मुण्डा हुन्छ र भित्ता पनि माटोकै हुन्छन। घरको चारैतीर गाह्रो लगाइएको छ। तिब्बती जातिका घरहरु किल्ला वा गढी आकारका जस्ता देखिन्छन। ती घरहरुका भित्ता ढुंगाद्बारा बनाइको हुन्छ र घरको भित्री भागमा काठका दलिन हुन्छन्। भित्री मंगोलियाली जातिका मानिसहरुले यता-उता सार्नसकिने पालभित्र बस्नेगरेका छन्। दक्षिण-पश्चिमी क्षेत्रका बासिन्दाहरुले काठका दुइ तले घर बनाएर बस्नेगरेको पाइन्छ। त्यस्ता घरको भूइँ तला खाली हुन्छ र माथिल्लो तलामा मानिस बस्दछन्। तीमध्ये यु नान् प्रान्तको ताई जाति बस्ने बाँसद्बारा बनाइएका घरहरुको आफ्नै विशेषता छ। चीनको दक्षिण-पश्चिमी क्षेत्रका निवास भवनहरुमा मियाओ जाति र थु च्या जाति बस्ने झुण्डिने आकारका बाँसका झाप्राको आफ्नै विशेषता छ। यस किसिमका घरहरु धेरैजसो भिरालो स्थानमा निर्मित गरिएका हुन्छन् र तीनको जग नभई तीनलाई खम्बाद्बारा अड्याइएको हुन्छ। यस किसिमका घर दुइ वा तीन तलाका हुन्छन् । सबैभन्दा माथिको तला निकै होंचो हुन्छ र त्यसमा अन्न भण्डारण गरिन्छ। भूइँ तलामा सामान राख्ने वा गाई-गोरु बाँध्ने गरिन्छ। मानिसहरु दोस्रो तलामा बस्नेगर्दछन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान