नेपाली भाषा

चीनका निवास भवन

   

चीनका विभिन्न क्षेत्रमा आवासको प्रयोजनका लागि निर्मित संरचनाहरुलाई नागगरिक आवास भवन भनिन्छ। त्यस किसिमका संरचनाहरु सबैभन्दा आधारभूत संरचनाहरु हुन। ती भवनहरु निकै अघि नै देखा परेका हुन, तीनको निर्माण कार्य व्यापक रुपमा भैरहेको छ र संख्याको दृष्टिबाट हेर्दा यीनको संख्या सबैभन्दा बढी छ। चीनका विभिन्न क्षेत्रमा प्राकृतिक वातावरण र मानवीय अवस्था फरक- फरक रहेकाले विभिन्न क्षेत्रका नागरिक आवास भवनको ढाँचामा विविधता देखापरेको छ।

चीनको हान् जातीय क्षेत्रमा परम्परागत नागरिक आवासहरुको मुख्य रुप चिटिक्क परेको देखिएको छ। माझ खण्डका दुइ छेउमा बराबर आकारका घर हुने पैचिंगको एक तले चौघरा एक विशिष्ट दृष्टान्त हो । पैचिंगका एक तले चौघरालाई अगाडी र पछाडी गरी दुइ भाग विभाजित गरिन्छ भने बीचमा रहने मुख्य कोठा सबभन्दा महत्वपूर्ण हुन्छ। यो मुख्य कोठामा पारिवारिक संस्कार गर्ने र आदरणीय पाहुनाहरुसित भेट गर्ने गरिन्छ। हरेक कोठा चोकतिर फर्किएको हुन्छ र बरण्डाले ती कोठाहरुलाई एक-अर्कासँग जोडेको हुन्छ। पैचिंगको एक तले चौघराबाट चीनको प्राचीन धार्मिक तथा कानूनी धारणा र पारिवारिक नियम प्रतिबिम्बित गरिएको छ। यस किसिमको चौघराको चोक चौपाटे आकारको हुन्छ र त्ससमा विभिन्न किसिमका फूलहरु रोपेर त्यसलाई शान्त प्राकृतिक रुप दिनखोजिएको देखिन्छ र त्यस चौघराका मानिसहरुका लागि आराम गर्ने निकै राम्रो ठाउँ पनि हो त्यो। उत्तरी चीन र उत्तरपूर्वी चीनका नागरिकहरुको निवास थलो अर्थात घर प्रायजसो यस्तो आकारको भएको पाइन्छ।

चीनका निवास भवन

पैचिंगका एक तले चौघरा

मुख्य कोठा र माटे इँटका घर

चीनको दक्षिणी क्षेत्रमा मानिसहरु धेरैजसो ठूला भवनहरुमा बसोबास गर्छन्। ती क्षेत्रका घरको विशेषता सानो क्षेत्रफल र लामो आकारको चोकलाई केन्द्र बनाई चारैतीर मुख्य कोठा रहनु हो। यस किसिमका भवनको वाह्य आकार चौपाटे देखिनुका साथै सामान्य पनि देखिन्छ। चीनको दक्षिणी क्षेत्रमा यस किसिमका भवन धेरै छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान