नेपाली भाषा

समाधिस्थलको वास्तु

   

समाधिस्थलको वास्तु नै प्राचीन कालमा चीनको वास्तु क्षेत्रको एउटा महत्वपूर्ण अंग हो। त्यस बेला चिनियाँहरु मानिसको स्वर्गारोहणपछि पनि आत्मा जीवित रहने विश्वासका आधारमा मृतात्माको शान्तिका लागि गरिने विविध संस्कारलाई ठूलो महत्व दिनेगर्दथे। त्यसैले त्यस बेलाका मानिसहरु समाधिस्थलको निर्माणमा खुबै ध्यान दिने गर्थे। लामो ऐतिहासिक प्रक्रियामा चीनको समाधिस्थलको वास्तुको क्षेत्रमा ठूलो प्रगति हासिल हुनुका साथै प्राचीन कालका राजा र रानीका दुर्लभ र विशाल समाधिस्थलहरु पाइएका छन्। यसका साथसाथै समाधिस्थलको वास्तुले क्रमशः चित्र लेख्ने तथा कुँद्ने आदि कलाहरुलाघई मिलाएर नयाँ किसिमका कलाहरुको उपलव्धि प्रतिबिम्बित भएको वास्तु तयार पारेको छ।

प्राचीन कालका सबैभन्दा शानदार र विशाल वास्तुहरुमध्ये समाधिस्थलको वास्तु पनि एक हो। सामान्य रुपमा ती समाधिस्थलहरु प्राकृतिक-भौगोलिक परिस्थिति बमोजिम पहाडमा निर्माण गरिएका थिए। थोरैजसो समाधिस्थल मात्रै मैदानमा निर्माण गरिएका थिए। चीनको समाधिस्थलको बनौट समान्य रुपमा यस्तो छः समाधिस्थलको बीचमा मृतकको शरीरलाई समाधिस्ष्ट गरिएको हुन्छ। चारैतिरबाट घेरिएको पर्खालका चारैतिर ढोका बनाइएको हुन्छ र चारवटा कुनामा चिनियाँ विशेषतायुक्त घर बनाइएको हुन्छ। ती समाधिस्थलको अगाडिबाट बाटो बनाइएको छ भने समाधिस्थलको परिसरमा लगाइएका रुखहरुले त्यहाँको वातावरणलाई शान्त र धीर बनाएको देखिन्छ।

छिन् श व्हांग सम्राटको समाधिस्थल

चीनको वल्लो शान् सी प्रान्तको सी आन् शहरको ली शान् पहाडमा निर्माण गरिएको छिन् श व्हांग सम्राटको समाधिस्थल चीनको सबैभन्दा प्रसिद्ध समाधिस्थल हो। यसको निर्माण करिब दुइ हजार वर्ष अघि गरिएको थियो। विश्वको आठौं ठूलो चमत्कार मानिएको छिन् श व्हांगको समाधिस्थलमा पाइएका टेराकोटा सिपाहीं र घोडा सो समाधिस्थलको सुरक्षाका लागि तैनाथ सेना हुन। छिन् श व्हांग टेराकोटा शान्दर देखिनुका साथै तीनको उत्पादन कला निकै निपूर्ण देखिन्छ। सन 1987 मा त्यसलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। विश्व सम्पदा समितिका अनुसार, छिन् श व्हांग सम्राटको समाधिस्थल वरिपरि रहेका ती प्रसिद्ध मूर्तिहरु फरक-फरक देखिन्छन्। तिनका लडाकू घोडा, गाडी र हात-हतियार राम्रो देखिन्छन र तीनको ठूलो ऐतिहासिक महत्व छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान