दरबारी महलको वास्तु कला

   

पैचिँग कु कुंग संग्रहालयले चीनको दरबारी वास्तु-कलाको प्रतिनिधित्व गर्दछ। कु कुंग संग्रहालयलाई फोर्बिडन सिटी पनि भनिन्छ। यो चीनका मिंग वंश( 1368-1644) र छिंग वंश( 1616-1911) का बादशाहहरुको दरबार थियो। र त्यसमा अघि पछि गरी 24 जना बादशाहहरुले बसोबास गर्नुभएको थियो। कु कुंग संग्रहालयले 7 लाख 20 हजार वर्गमीटर क्षेत्रफल ओगटेको छ। त्यसका 9 हजारभन्दा बढी कोठाहरु छन्। त्यसलाई कैयन् मीटर अग्लो र 3400 मीटरभन्दा लामो रातो पर्खालले घेरिदिएको छ।

दरबारी महलको वास्तु कला

कु कुंग संग्रहालयलाई अगाडि र पछाडि गरी दुई भागमा बांडिएको छ। अगाडिको भाग चाहिं बादशाहले ठूल्ठूला र महत्वपूर्णा महोत्सवको आयोजना गर्ने र आदेश जारी गर्ने ठाउँ थियो। त्यहाँका मुख्य वास्तुहरुमध्ये थाई ह हल、चोंग ह हल र पाउ ह हल समावेश छन्। ती हलहरु सेतो संगमरमरबाट जोडेर बनाइएको आठ मीटर अग्लो चौतारोरुपी जगमा निर्माण गरिएका छन्। टाढाबाट यसो हेर्दा साँच्चै नै दन्त्यकथामा उल्लिखित देव-देवीहरुको चमत्कार र रहस्यमय बासस्थान जस्तो देखिन्छ त्यो । कु कुंग संग्रहालयको पछाडिको भाग चाहिं बादशाहले राजकाज चलाउने र महिषी तथा सौतीनी रानीहरु बस्ने ठाउँ थियो। त्यहाँका मुख्य वास्तुहरुमध्ये छेन छिंग गृह、खुन लिंग गृह र शाही उद्यान कुञ्ज समावेश छन्। जहाँ बाक्लो पारिवारिक जीवनको सुगन्ध-बास्नाले पर्याप्त थियो। त्यहाँ फरक-फरक आँगन छुट्टयाइएका छन्। फेरि एकेक आँगनमा उद्यान कुंज、 पुस्तकालय、मण्डप、 कृत्रिम थुम्को र विभिन्न आकारका ढुंगाहरुले सजाइएका पनि छन्। फोटोः कु कुंग संग्रहालय

विभिन्न वंशको परिवर्तन र युद्धको कारणले चीनको प्राचीन दरबारी वास्तु निर्माणहरुमध्ये सुरक्षित रुपमा आजसम्म पनि कायम रहिरहेको बाँकी भवनहरुको संख्या कमै छ। हालसम्म मौजुद रहेको पैचिंगको कु कुंग संग्रहालय बाहेक उत्तर-पूर्वी चीनको शन् यांग शहरमा रहेको अर्को कु कुंग संग्रहालय पनि छ। यसका अतिरिक्त, चीनको हान वंश (ख्रष्टाव्दी पूर्व 206-सन्220) र थांग वंश( 618-907)बाट छोडिएका केही दरबारी भग्नाबशेषहरु पनि छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान