नेपाली भाषा

दरबारी महलको वास्तु कला

   

दरबारी महलको वास्तु-कलालाई दरबारी वास्तु-कला पनि भनिन्छ। जुन बादशाहले आफ्नो रजाईंलाई सुदृढ पार्न, शाही अधिकारको प्रतिष्ठालाई टड्कारो देखाउन अनि आफ्नो आत्मिक जीवन र भौतिक जीवनमा मन-मोज सुख आनन्द होस् भन्ने कामुक र आत्मतोषी चाहनालाई पूरा गर्नका लागि नै बनाइएका ठूलो परिमाणमा रहेको शानदार र विशाल भवनहरु हुन्। ती भवनहरु प्रायजसो ठिंग उभिएको सुनौलो, शोभमान र तेजस्वी देखिन्छन्।

छिंग वंशकाल (ख्रष्टाव्दी पूर्व 221-206 ) देखि महल भनेको बादशाह र शाही परिवारले बसोबास गर्ने ठाउँ थियो। दरबार त बादशाहले राजकाज चलाउने ठाउँ नै थियो। चीनका दरबारी महलको विशेषता त्यसका तौ कोंग भन्ने ठूलो सिलींग, सुनौलो र रंगीन टलक भएका झिंगटी, मनमोहक रंगीचंगी चित्रहरुले भरिपूर्ण हुनुका साथै ज्यादै सूक्ष्म रुपले बुट्टा भरेर कुंदिएको सिलींग, सेतो संगमरमरले बनाइएको जग, बार र खम्बाहरु तथा वरिपरिका सेट मिलाउने खालका स-साना घरहरु छन्। पैचिँगको कु कुंग संग्रहालयको थाई ह महल वास्तविक दरबारी वास्तु-कला मानिएको छ।

दरबारी महलको वास्तु कला

परम शाही अधिकारको अभिव्यक्ति गर्न र शाही अधिकार केन्द्र रहेको सामाजिक श्रेणीको धारणालाई प्रष्ट्याउनका लागि चीनका प्राचीन दरबारी घर-भवनहरुको निर्माण गर्दा मध्य रेखालाई केन्द्र बनाई दुबैतिर सममिताकार जस्तो बनौटको तरिका अपनाइने चलन थियोः बीचको मध्य रेखामा बनाइएका भवनहरु अग्ला, ठूला र शानदार देखिन्छन् भने दुबैपट्टिका हलहरु ती भवनहरुको दांजोमा अलि साना, होचा र सरल छन्। प्राचीन दरबारका महलहरुलाई प्रायजसो दुई भागमा विभाजित गरिएको हुन्छ, अर्थात् "अगाडि राज शासन, पछाडि उठबस"। त्यसको अर्थ के हो भने "अगाडि राज शासन" भनेको बादशाहले राज्यको कामकाज चलाउने र राज्यारोहण जस्ता महोत्सव गर्ने ठाउँ थियो। र "पछाडि उठबस" भनेको बादशाह र महिषी तथा सौतीनी रानीहरु बस्ने बास थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान