नेपाली भाषा

चीनका मनमोहक शहरहरु

   

चीनका शहरहरुको इतिहास लामो छ। विशेष गरी केही पूराना साना शहरहरु निकै राम्रा मोहनी लाग्ने खालका छन्। जस्तै युन नान प्रान्तको लीन च्यांग शहर। यो शहरको विशेषताका कारण यसलाई विश्वको साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। साना शहरहरुको इतिहास तथा तीनको सँस्कृति स्वदेश विदेशका धेरै पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेका छन। त्यसैले चौ च्वां, फंह्वांग पूराना शहर, यांग शव, वु चन्, नान श्युन, ता लि लगायतका साना शहरहरु स्वदेश विदेशका पर्यटकहरुका लागि गन्तव्यका  चो च्वांगको वरिपरि तंग हु ताल, बाइ यान हु ताल, तेन शान हु ताल, नान हु ताल लगायतका तीसवटा भन्दा बढी ताल छन्। चौ च्वांगका साट्ठी प्रतिशत भन्दा बढी भवन मिंग वंश छिंग वंशकालमा बनाइएका भवनहरु हुन। यसका साथै चौ च्वांगमा चौधवटा विशेषता रहेको पूराना पूल संरक्षित अवस्थामा छ। चौ च्वांगको वातावरण शान्तिपूर्ण भएका कारण त्यो अध्ययन-अध्यापनका लागि एउटा राम्रो स्थान सावित भएको छ। पश्चिमी चिन बंशका साहित्यकार चांग हान, थांग बंशका कवि ल्यू यै शि लु क्वी मंगले चौ च्वांगमा बसोबास गर्नुभएको थियो।चौ च्वांगका मुख्य पर्यटन स्थानमा छ्वेन फु मन्दिर, शन् थिंग, फु आन पूल, मि लौ समावेश छन्।चौ च्वांग सु चौ शांग हाईको बीचमा परेका कारण त्यसमा यातायातको राम्रो विकास भएको

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान