नेपाली भाषा

पर्यटन सम्बन्धी श्रोत-साधन बारे संक्षिप्त जानकारी

   

चीनमा भएका प्रशस्त रमणीय पूरातात्त्विक स्थलहरुमध्ये छिंग वंशको टेराकोटा अर्थात् छिंग वंशका प्रथम सम्राटको चिहानमा सो सम्राटको साथमा गाडिएका माटाबाट बनाइएका सैनिकका मूर्ति र तामाका घोडा तथा बग्गीलाई विश्वको आठौं चमत्कारका रुपमा विभूषित गरिएको छ। हाल निर्माण भैसकेको टेराकोटा संग्रहालयले वर्षैपिच्छे लाखौं/करोडौं पर्यटकहरुलाई आकर्षित गर्दैआएको छ। तुन व्हाँगको मो काउ गुफाभित्रको भित्ते चित्रले विश्वको अमूल्य कलात्मक भण्डार भएको कुरा सर्वमान्य छ। एक हजार किलोमीटर लामो विश्वविख्यात पर्खाल अर्थात् ग्रेट वाल चीन आइपुग्ने हरेक व्यक्तिका लागि भ्रमणको महान दृश्यवली हो। यसका अतिरिक्त, चीनका छपन्नवटा जातिहरुको आ-आफ्नै विशेष इतिहास, संस्कृति र रितिस्थिती भएको हुँदा यसबाट विचित्र र आकर्षक मानवीय दृश्यावली तयार भएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान