चीनको भू-भाग निकै विशाल छ । र यस विशाल देशमा चारै दिशातिर राजमार्गहरुको जालो फैलिएको छ। त्यसमध्ये पूर्वदेखि पश्चिमसम्म तथा दक्षिणदेखि उत्तरसम्म पुग्ने बाह्रवटा मुख्य राजमार्ग ज्यादै महत्वपूर्ण राजमार्ग हुन। तिनीहरुको कूल लम्बाइ पैंतिस हजार किलोमिटर छ।चीनले सधैं नै राजमार्गको निर्माणलाई आधारभूत प्रबन्धको निर्माणको एउटा महत्वपूर्ण विषयको रुपमा लिंदैआएको छ। सन् 1998 देखि 2001 सम्म लगातार चार वर्षसम्म चीनले राजमार्गको निर्माणमा गरेको लगानी दुइ खरब चिनियाँ युआनभन्दा बढी पुगेको थियो। सन् 2002 मा राजमार्गतर्फको लगानी तीन खरब चिनियाँ युआन पुगेको थियो। नयाँ निर्माण गरिएका राजमार्गको कूल लम्बाई सत्सट्ठी हजार किलोमिटर पुगेको थियो र त्यसमध्ये राजमार्गको लम्बाई पाँच हजार सात सय किलोमिटर पुगेको थियो। सन् 2002मा नयाँ निर्माण गरिएका राजमार्गहरुको लम्बाइ छत्तीस हजार किलोमिटरभन्दा बढी थियो। सन् 2012 को अन्त्यसम्ममा मोटर-गाडीका लागि खुला गरिएका देशभरिका राजमार्गहरुको कूल लम्बाइ 41 लाख किलोमिटरभन्दा बढी पुगेको छ। यसका साथै चीनले मध्य-पश्चिमी क्षेत्रको राजमार्गको निर्माण-कार्यलाई तिव्र पारेपछि यस क्षेत्रको राजमार्गको अवस्थामा अपेक्षाकृत सुधार भएको छ।रेल-मार्गसन् 2012 को अन्त्यसम्ममा चीनको रेल-मार्गको कूल लम्बाई 98 हजार किलोमिटर पुगेको थियो। चीनको पहिलो समुद्र पार रेल-मार्ग अर्थात् "युए हाई" रेल-मार्ग सन् 2003 को जनवरी सात तारिखका दिन औपचारिक रुपमा खोलिएको थियो। चीन हाल सारा विश्वमा रेल-मार्गबाट ढुवानी गर्ने विश्वका सबैभन्दा ठूलो मुलुकहरुमध्येको एक बनिसकेको छ। साथै चीन विश्वमा रेल-मार्गको ढुवानीको वृद्धि दर सबैभन्दा तिव्र भएको मुलुक पनि बनिसकेको छ।सन् 1998 देखि यता चीनको रेल-मार्गले सफलताका साथ रेलको गतिलाई बढाउनुका साथै संख्यामा पनि वृद्धि गरेको थियो। यसले गर्दा धेरै यात्रुवाहक रेल बेलुकी प्रस्थान गर्ने र विहान गन्तव्य स्थानमा पुग्नसक्ने सुनिश्चितता प्रदान भएको छ। परिणामस्वरुप यात्रुहरुलाई बाहिर जानका लागि निकै सुविधा भएको छ।बन्दरगाह चीनका समुद्र-तटवर्ती शहरका बन्दरगाहहरुबाट मुख्य गरी कोइला, कन्टेनर, फलामे खनिज पदार्थ र अन्न आदि ढुवानी गरिन्छ। विशेष गरी कन्टेनरको ढुवानीका लागि बन्दरगाहको निर्माणलाई सशक्त पारिएको छ। चीन सरकारले ता लेन, थ्येन चिन, छिंग ताऊ, शांग हाई, निंग पो, श्या मन र शन चन आदि बन्दरगाहमा जोडतोडसँग कन्टेनर मालघाटको निर्माण गरेकोले चीनमा कन्टेनर ढुवानीका लागि केन्द्रीय बन्दरगाहको निर्माणको जग बसेको छ। चीनले कोइला ढुवानी प्रणालीको निर्माणलाई पनि अरु बढी मजबुत पारेको छ। यसका साथसाथै चीनले आयात हुने काँचो तेल र फलामे खनिज पदार्थको मालघाटको पुनर्स्थापना र विस्तार गरेको छ।सन् 2012 को अन्त्यसम्म समुद्र तटवर्ती मुख्य बन्दरगाहमा जम्मा 5 हजार 6 सयवटा पोताश्रय निर्माण गरिएका छन्। तीमध्ये दश हजार टन क्षमताका पोताश्रयको संख्या 1 हजार 8 सय 80 भन्दा बढी छन्।नागरिक विमानचीनको विमान सेवाले विश्वका विभिन्न स्थानसम्म आफ्नो सेवा विस्तार गरेको छ। सन् 2012 को अन्त्यसम्म चीनको नागरिक विमान सेवाका लागि निर्मित विमानस्थलको संख्या एक सय त्रीयासी पुगेको छ।इन्टरनेटसन् 2012 को अन्त्यसम्म चीनमा इन्टरनेट हेर्ने व्यक्तिको संख्या 54 करोड जति छ। देशभरि फैलिने केबुल, उपग्रह र डिजिटल सेवामा आधारित एउटा तीव्र गतिको आधारभूत ढुवानी सम्बन्धी नेटवर्कको निर्माण पूरा भइसकेको छ।
राजमार्ग