नेपाली भाषा

चीनको प्राचीन पश्चिमी चौ वंश तथा वसन्त-शरद्‍काल र युद्धराज्यकाल

   

श्या वंश र शाङ्ग वंशपछि चीनको प्राचीन कालको तेश्रो शासक वंश- चौ वंश थियो जसको शासनकाल इशापूर्व 1027 देखि इशापूर्व 256 सम्म थियो। इशापूर्व 256 मा छिंग वंशले चौ वंशलाई आफूमा समाहित नगरेसम्मको अवधि जम्मा 770 हुनआउँछ। चौ वंशको राजधानी अन्तै सरेको दिनलाई एउटा समय-विन्दु ठानेर राजधानी सर्नुभन्दा पहिलेको चौ वंशलाई पश्चिमी चौ वंश भनिन्थ्यो भने राजधानी सरेपछिको चौ वंशलाई पूर्वी चौ वंश भनिन्थ्यो। पूर्वी चौ वंशलाई फेरि वसन्त-शरद्‍काल र युद्ध-राज्यकालमा विभाजित गरिएको थियो।पश्चिमी चौ वंश इशापूर्व 1027 मा स्थापित भएको थियो र त्यो इशापूर्व 771 सालमा पतन भयो। त्यसको इतिहास 257 वर्ष थियो। चौ वंशका प्रथम सम्राट चौ ऊ वाङ्गले राजधानीलाई काउ भन्ने ठाउँ (जुन अहिलेको पल्लो शान सी प्रान्तको सी आन शहरदेखि उत्तर पश्चिमी भागमा पर्छ।) मा सारिसकेपछि गठबन्धन सेनाको नेतृत्व गर्दै शाङ्ग वंशमाथि आक्रमण गर्नुभयो र यसमा विजय पनि पाउनुभयो। उहाँ बित्नुभएपछि उहाँका उत्तराधिकारी- छोरा चौ छंग वाङ्ग सम्राट बन्नुभयो। तर कलिलै उमेरका कारण उहाँ राज्यको शासन चलाउन असक्षम हुनुभयो। त्यसैले उहाँका काका चौ कोंग तानले राज्यको वास्तविक अधिकार आफ्नो हातमा लिएर शासन गर्नुभएको थियो। चौ कोंग तानले आन्तरिक स्थितिलाई स्थिर पार्नुभएपछि प्रशस्त सैनिकहरुलाई लिएर पूर्वतिर धावा बोल्दै विद्रोह त्यहाँ भएको विद्रोह साम्य पार्न सफल हुनुभयो। चौ कोंग तानले विजयका उपलव्धिहरुलाई मजबुत पार्ने अनेकन् महत्वपूर्ण पाइलाहरु चाल्नुभएको थियो। त्यसपछि मुलुकमा शान्त र फलिफापयुक्त स्थिति देखा परेको थियो। यसैकारण सो अवधिलाई इतिहासकारहरुले "सफल शासनकाल"को संज्ञा दिएका छन।चीं वंशमा अवलम्बन गरिएका राष्ट्रिय परिपाटीको आफ्नै विशेषता थियो। यसमध्येका महत्वपूर्ण कुराहरु चीं भनिने चिनियाँ अक्षरजस्तो आकारको प्रशासन व्यवस्था (जसमा गाउँका समूहलाई नौवटा परीवारमा विभाजित गरी तीमध्ये एउटा परिवारलाई नेपालको मुखियाजस्तो बनाइने र उनले ती अरु आठवटा परीवारको सम्पूर्ण प्रशासनिक-सामाजिक दायित्व वहन गर्ने परिपाटी), धार्मिक कानून परिपाटी, शिष्टाचार परिपाटी आदि समावेश थिए।वसन्त-शरद्‍काल इशापूर्व 770 देखि इशापूर्व 476 सम्मको अवधिमा पर्दथ्यो। आर्थिक विकास र जनसंख्याको वृद्धि हुनुका साथसाथै ठूल्ठूला मुलुकहरुका बीच प्रभुत्वका लागि चर्को संघर्ष भएको थियो। तिनताकाको सामाजिक स्थितिमा अत्यन्तै ठूलो परिवर्तन भएको थियो। कृषि उत्पादनतर्फ फलामे कृषि औजारको प्रयोग गर्न थालियो। यस सिलसिलामा क्रमशः गाई-गोरुलाई जोताउने र जल संभारको विकास गर्ने कार्यलाई पनि जोडतोडसँग अघि बढाइएको थियो। यसबाट अन्न-बालीको उब्जनी मात्रा धेरै बढेको थियो। वसन्त-शरद्‍काल वास्तवमा पश्चिमी चौको परम्परागत राजनीतिक र सामाजिक परिपाटी क्रमशः विघटित हुंदैगइरहेको संक्रमणकालीन अवधि मानिन्थ्यो।चीनको इतिहासका प्रथम विचारक र महान् शिक्षाविद्‍ कन्फ्युसियसको जन्म यही वसन्त-शरद्‍कालको अन्तिम अवधिमा भएको थियो। कन्फ्युसियसले विगत सँस्कृति र विचारधाराको निचोड निकाल्दै वसन्त-शरद्‍कालको अन्तिम अवधिमा देखापरेको डाँबाडोल र अशान्त सामाजिक परिस्थितिका आधारमा अनेकन् न्याय, चरित्र र सामाजिक राजनीतिक समस्या बारे आफ्नो एक सिद्धान्त र तर्क प्रस्तुत गर्नुभयो र प्राचीन कन्फ्युसिज्मको सिर्जना गर्नुभयो।युद्ध-राज्य काल( इशापूर्व 403 देखि इशापूर्व 221 सालसम्म ) चीनमा पूर्वी चौ वंशका बहु-राज्यकालपछि रजौटाहरु बीच आ-आफ्नो प्रभुत्व जमाउन चर्को संघर्ष भएको अर्को अवधि थियो। त्यस वसन्त-शरद कालका बीच प्रष्ट सीमा त थिएन। केबल आजका मानिसहरुले प्रचलित बानीका आधारमा इशापूर्व 403 मा चाउ राज्य, हान राज्य र वै राज्य स्थापना भएको समयलाई त्यसको शुरुवात र इशापूर्व 221मा छिंग वं‍शले अरु छवटा मुलुकलाई पराजित पारी एकीकृत पार्नुभएको समयलाई त्यो समाप्त भएको समय ठानेका छन्।युद्ध-राज्य कालमा आएर चीनको अवस्थामा परिवर्तन भएको थियो। तीमध्ये ठूलो संख्याका ठूला र स-साना राज्य-रजौटाहरुलाई सखाप पारिएको थियो। बााकी छिंग, छु, येन, हान, चाउ, वै र छी यी सातवटा मुलुकहरु युद्ध-राज्य कालका मुख्य राज्य-रजौटाहरु थिए। त्यो युद्ध-राज्य कालमा विभिन्न मुलुकहरुले धुमधामसँग सुधार कार्य चलाएका थिए। तीमध्ये छिंग राज्यका शाङ्ग याङ्ग नाम गरेका एकजना सुधारकर्ताले अघि सार्नुभएको सुधार कार्य सबैभन्दा पूर्ण थियो र यसबाट सबैभन्दा ठूलो प्रभाव परेको थियो।युद्ध-राज्य कालमा वर्षैपिच्छे लगातार युद्ध भड्किने गरेको भए पनि चीनको प्राचीन सास्कृतिको विकास क्रममा रत्तिभर पनि असर परेन। तिनताका एक नवोदित सामाजिक श्रेणी स्नातक देखापरेको थियो। प्राज्ञिक शोध विद्या र ज्ञान त्यसको मुख्य आधार थियो। सो श्रेणीले समाजमा निकै सक्रियता देखाएको थियो। यसबाट प्राज्ञिक सँस्कृति अरु बढी विकसित हुँदैगयो। यसै बीच चीनको प्राचीन विचारधारा र सँस्कृतिमा इतिहासदेखिको पहिलो उच्च लहर उठेको थियो। यसमध्ये कन्फ्युसियस र मेन्सियसको प्रतिनिधित्वमा कन्फ्युनिज्म, लाउ च्, च्वाङ्ग च्, र ले च्को प्रतिनिधित्वमा ताउइस्म, हान फै प्रतिनिधी रहनुभएको लेगालिस्टस र मो च्को प्रतिनिधित्वमा रहेको मोहिज्मजस्ता सिद्धान्तको पछिका पुस्ताहरुले निकै ठीक मानेर अनुसरण गरेका थिए र गरेका छन्। यस्ता सिद्धान्तहरुको उदय भएबाट युद्ध-राज्य कालको विचारधारात्मक क्षेत्रमा "सयौं फूलहरु फुल्न दिने र सयौं विचारधाराहरु पोख्न दिने" जस्ता स्थिति देखापरेको थियो। ती सिद्धान्तहरुले तिनताकाको राजनीति र अर्थतन्त्रलाई निश्चित रुपमा उत्प्ररित गर्ने भूमिका खेलेको मात्र नभई त्यसको दूरगामी प्रभाव आजसम्म पनि परेको छ जुन चीनको विचारधारात्मक इतिहासको एक अमीट पाना बन्न पुगेको छ।इशापूर्व 230 मा छिंग वंशका प्रथम सम्राट यिंग चंगले मुलुकको एकीकरण गर्ने लामो अभियान शुरु गर्नुभएको थियो। 9 वर्षको अवधिमा उहाँले अरु छवटा मुलुकलाई जितेर इशापूर्व 221 मा चीनको एकीकरण गर्नुभएको थियो जसबाट करिब 600 वर्षसम्म टुक्रिएको चीनको अवस्थाको अन्त्य भएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान