नेपाली भाषा

मीङ राजवंश

   

सन् 1368 मा चु युआन चाङले नान् चीङ शहरमा राज्यारोहण गरी मिङ राजवंशको स्थापना गरे। त्यस बेलादेखि उनलाई मिङ थाइ चु भनिन्छ। मिङ थाइ चुले राज्यरोहण गरेको 31सौं वर्षमा उनले सामन्ती एकतन्त्रीय केन्द्रीय अधिकारलाई मजबूत पारी पहिले उपलब्धि हासिल गरेका तर आफूसँग फरक विचार भएका मन्त्रीहरुलाई मारे जसबाट आफ्नो अधिकार मजबुत पार्नुका साथै आफ्ना विरोधी शक्तिमाथि दवाउ दिन उनि सक्षम भए। मिङ थाइ चु अर्थात् चु युआन चाङको स्वर्गे भएपछि उनका नाती राजा च्यान वनले राज्यारोहण गरे। तर पछि च्यान वनका आफ्ना काका लीले उनलाई पराजित गरे। राज्यारोहणपछि चु लीलाई मिन छङ चु भनिन्छ। सन 1421मा उनले आफ्नो राजधानीलाई नान् चीङबाट पैचिङ्गमा सारेका थिए।मिङ राजवंश कालमा केन्द्रीय अधिकारलाई मजबूत पारे तापनि केही राजाहरुले एकदमै स्वार्थी अथवा कम उमेरका भएकाले तिनीहरुले देशको मामिलामा खासै ध्यान दिएनन। त्यसैले मुलुकको वास्तविक अधिकार उनका वरिपरिका मानिसहरुको हातमा पुगेको थियो। ती मानिसहरुले भ्रष्टाचार गरेर इमान्दार मन्त्रीहरुमाथि आरोप लगाएका थिए। त्यसले गर्दा सम्पूर्ण देशमा सामाजिक अन्तर्विरोध सशक्त हुदैगएको थियो। मिङ राजवंश कालमा धेरै पटक कृषकहरुले विद्रोह गरे तर उनीहरुलाई दबाइयो।मिङ राजवंश कालमा एकजना प्रसिद्ध राजनीतिज्ञ थिए। उनको नाम चाङ च्यु चङ हो। उनले सामाजिक अन्तर्विरोधलाई कम पारी मिङ राजवंशलाई बचाउनका लागि केही सुधार गरे। उनको सुधारले सर्वसाधारण जनताको कठीनाइलाई केही मात्रामा कम पार्‍यो।मिङ राजवंश कालमा कृषि क्षेत्रमा पहिलेको तुलनानमा बढि विकास भएको थियो। त्यति बेला घर बुना कपडा बनाउने व्यवसाय, माटाका भाँडा बनाउने व्यवसाय निकै विकसित भइसकेको थियो। त्यति बेला फलाम, कागज बनाउने, डुंगा बनाउने आदि पेशा पनि धेरै विकसित भएका थिए। वैदेशिक आर्थिक तथा व्यापारिक आदान-प्रदान पनि निकै बढेको थियो। चङ ह नामका समुद्र-यात्री जम्मा सात पटक विदेशको भ्रमणमा गएका थिए। उनको यात्रामा एशियाली तथा अफ्रीकी गरी जम्मा तीसभन्दा बढी मुलुक समावेश थिए। तर मिङ राजवंशको मध्य कालदेखि जापान, स्पेन, पोर्चुगल तथा हल्याण्ड आदि देशले चीनमाथि आक्रमण गरे।मिङ राजवंश कालमा अर्थतन्त्रको राम्रो विकास भयो। परिणामस्वरुप साम्राज्यवादको कलिलो मुना देखा पर्‍यो। मिङ राजवंशको शुरुवात समाजमा धेरै मालिक नभएको समय थियो। मिङ थाइ चुले लीउ मिन मानिसहरुलाई एकै ठाँउमा भेला गराएर उनीहरुका लागि कर घटाए जसले गर्दा खेतीपाती गर्ने किसानको संख्या ठूलो मात्रामा बढिरह्यो। आलु, मकै, बदाम आदि कृषि क्षेत्रका नयाँ किसिमका खाद्यान्न विदेशबाट चीनमा ल्याइए। त्यति बेला घर बुना कपडा बनाउने व्यवसाय, माटाका भाँडा बनाउने व्यवसाय जस्ता हस्त-कला व्यवसायको विकास उच्च स्तरमा पुगेको थियो। विशेष गरी रेशम बनाउने व्यवसायमा दशवटा मेशन भएको मालिक एवम् प्रविधि भएका कामहरु देखा परे। यसबाट चीनमा साम्राज्यवादको अलिक विकास भइसकेको प्रतिबिम्बित भयो। मिङ राजवंश कालमा भिन्ना-भिन्नै किसिमका माल-सामान थिए। ती सामानहरुको आदान-प्रदान पनि नियमित थियो। प्रशस्त उत्पादित वस्तु तथा यातायातको सुविधा भएका ठाँउमा स-साना र ठूल्ठूला व्यापार केन्द्रहरु देखापरे। जस्तै पैचिङ्ग, नान चिङ, सु चौ, हाङ चौ, क्वाङ चौ आदि।मिङ राजवंश कालमा परीक्षाको उपाय भनेको पा कु वन थियो। मिङ राजवंशमा लामा उपन्यास धेरै थिए। "स्वै हु " " सान को यान यी " " सि यौ ची "" जीन फीङ मै" आदि। यस बाहेक, भौगोलिक शास्त्र सम्बन्धी "स्यु स्या ख यौ ची", मेडिकल सम्बन्धी "पन छयाउ काङ मु", कृषि सम्बन्धी " नुङ चङ छयुआन शु" आदि पुस्तकहरु पनि मिङ राजवंशमा लेखिएका हुन्।मिङ राजवंशको पछिल्लो अवधिमा जमीन केही मानिसहरुका हातमा सिमित भएको स्थिति देखापर्‍यो। राज परीवार तथा स्थानीय प्रमुखहरुको स्वामित्वमा रहेको जमीन जताततै देखिन्यो। सरकारले कर पनि दिनप्रतिदिन बढाउदैगयो। समाजमा अन्तर्विरोध झन-झन बढ्दैगयो। अधिकार भएका आंशिक व्यक्तिहरुले सामाजिक अन्तर्विरोधलाई लचिलो पार्न अधिकारीहरु तथा दरबारमा भएका नशच्छेदन गरी नपूंसक बनाइएका पुरुषहरुको विशेषाधिकार सिमित पार्न आग्रह गरे। उनीहरुले तत्कालीन राजनैतिक परिस्थित बारे छलफल गरे। उनीहरुलाई "तुङ्ग लिन पार्टी" भनिन्यो। तर ती पदाधिकारी तथा दरबारमा भएका नशच्छेदन गरी नपूंसक बनाइएका पुरुषहरुले उनीहरुमाथि प्रहार गरे। यसले समाजलाई अझ अस्थिर बनायो।ग्रामीण क्षेत्रमा भएको संघर्ष पनि चर्कंदै गयो। सन् 1627 मा वल्लो शान सीमा प्रकोप भयो। स्थानीय पदाधिकारीले ठूलो कर असुल्ने गरेकाले किसानहरुले त्यसको चर्को विरोध गरे। हजारौं भोका किसानहरु मिलेर सरकार विरोधी दलको गठन गरे। सन् 1644मा ती किसान विद्रोहीहरु पैचिङ्ग पुगे र तत्कालीन राजा छुङ चनले आत्महत्या गरे।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान