नेपाली भाषा

हान चङ

    CRI

(सन 1985 देखि 1987 सम्म व्हा तुङ प्रशिक्षण विश्वविद्यालयको रात्री कलेजमा राजनैतिक प्रशिक्षणबारे अध्ययन गर्नुभएको थियो।)

सन् 1988 देखि 1990 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई ता चुङ व्हा रबर जुत्ता कारखाना समितिका सचिव हुनुका साथै कारखानाका उप-प्रमुख पनि हुनुभएको थियो।

सन् 1990 देखि 1991 सम्म उहाँले चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत शाङ हाई शहर समितिका उप-सचिवका हैसियतले त्यहाँको सम्पूर्ण जिम्मेवारी बहन गर्नुभएको थियो।

सन् 1991 देखि 1992 सम्म उहाँ चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत शाङ हाई शहर समितिका सचिव हुनुभएको थियो।

सन् 1992 देखि 1993 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई शहरको लु वान क्षेत्र समितिका उप-सचिव हुनुका साथै सो क्षेत्रका कार्यवाहक प्रमुख पनि हुनुभएको थियो।

सन् 1993 देखि 1995 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई शहरको लु वान क्षेत्र समितिका उप-सचिव हुनुका साथै सो क्षेत्रका प्रमुख पनि हुनुभएको थियो।

(सन् 1991 देखि 1994 सम्म उहाँले जागिरसँगसँगै व्हा तुङ प्रशिक्षण विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय समस्याको अनुसन्धान परिषद्बाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व अर्थतन्त्र विषयमा अध्ययन गर्नु भएर अर्थशास्त्र बिषयमा मास्टर डिग्री प्राप्त गर्नुभएको थियो।)

सन् 1995 देखि 1997 सम्म उहाँ शाङ हाई शहर स्थानीय सरकारका उप-महासचिव, चिनियाँ कम्युनिष्ट पार्टी शाङ हाई शहर समितिमा मिलीजुली अर्थतन्त्र मामिलाबारे जिम्मेवारी लिने उप-सचिव, शाङ हाई शहरको योजना आयोगका प्रमुख एवम चिनियाँ कम्युनिष्ट पार्टी शाङ हाई शहरको योजना आयोग समितिका सचिव, शाङ हाई शहरको स्टक बजार सञ्चालन कार्यालयका प्रमुख हुनुभएको थियो।

सन् 1997 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट पार्टी शाङ हाई शहर समितिका स्थायी सदस्य, शाङ हाई शहरको स्थानीय सरकारका उप-महासचिव हुनुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान