नेपाली भाषा

हान चङ

    CRI

हान चङ

हान चङ, हान जातिका हुनुहुन्छ। उहाँ सन् 1954 को अप्रिल महिनामा च च्याङ प्रान्तको छ सी भन्ने ठाउँमा जन्मनु भएको हो। सन् 1975 को डिसेम्बरदेखि उहाँले पेशागत रूपमा काम थाल्नुभएको हो। उहाँ सन् 1979 को मैदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। उहाँ व्हा तुङ प्रशिक्षण विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय समस्या अनुसन्धान परिषद्बाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व अर्थतन्त्र विषयमा स्नातक उत्तीर्ण हुनुभएको छ। अन्तमा, उहाँले अर्थ शास्त्रमा स्नाकोत्तर पनि गर्नुभएको छ। साथै उहाँ विशिष्ट अर्थशास्त्री पनि हुनुहुन्छ।

वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका स्थायी सदस्य, शाङ हाई शहरका मेयर।

सन् 1975 देखि 1980 सम्म उहाँ क्रमशः शाङ हाई स्यु ह्वै हैभी गाडि तथा क्रेन टोली भण्डारको सञ्चालनकर्ता, बिक्री टोलीका कर्मचारी र चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत शाङ हाई स्यु ह्वै हैभी गाडि तथा क्रेन टोली समितिका उप-सचिव हुनुभएको थियो।

सन् 1980 देखि 1982 सम्म उहाँ शाङ हाई शहरको रासायनिक उपकरण उद्योग कम्पनीका कर्मचारी, चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत शाङ हाई शहरको रासायनिक उपकरण उद्योग कम्पनीको प्रमुख जिम्मेवार पद सम्हाल्नुभएको थियो।

सन् 1982 देखि 1986 सम्म उहाँ चिनियाँ कम्युनिष्ट युथ लिग अन्तर्गत शाङ हाई शहरको रासायनिक उद्योग ब्यूरोका प्रमुख हुनुभएको थियो। (सन् 1983 देखि 1985 सम्म उहाँले फु तान विश्वविद्यालयको कलेजमा अध्ययन गर्नुभएको थियो।)

सन् 1986 देखि 1987 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई शहरको रासायनिक कलेज समितिका उप-सचिव हुनुभएको थियो।

सन् 1987 देखि 1988 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई रबर जुत्ता कारखाना समितिका सचिव एवँ कारखानाका उप प्रमुख हुनुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान