नेपाली भाषा

चाउ ल ची

    CRI

चाउ ल ची

चाउ ल ची,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1957 को मार्च महिनामा जन्मनु भएको हो। पल्लो शान सी प्रान्तको सि आनबासी हुनुहुन्छ। उहाँले सन् 1974 को सेप्टेम्बरदेखि काम गर्न थाल्नुभएको हो। उहाँ सन् 1975को जुलाईदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलबाट स्नातकोत्तर डिग्री पाउनुभएको छ।

वर्तमान पद: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत अनुशासन अनुगमन आयोगका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सँगठन विभागका प्रमुख।

सन् 1974 देखि 1975 सम्म छिङहाई प्रान्तको क्वै त जिल्लाको ह तुङ गाउँको कुङ पा टोलीमा विद्यार्थी अवस्थामा नै श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

सन् 1975 देखि 1977 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोका सम्वाददाता हुनुभएको थियो।

सन् 1977 देखि 1980 सम्म पैचिङ विश्व विद्यालयअन्तर्गत दर्शन शास्त्र विभागमा दर्शन शास्त्रको अध्ययन गर्नुभएको थियो।

सन् 1980 देखि 1982 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका कर्मचारी,छिङहाई प्रान्तको वाणिज्य विद्यालयका शिक्षक तथा कम्युनिष्ट युथ लिग अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य विद्यालयका सचिव हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म छिङहाई प्रान्तको वाणिज्य विद्यालयका शिक्षा कार्यालयका उप-प्रमुख हुनुभएको थियो।

सन् 1983 देखि 1984 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका उप-प्रमुख,कम्युनिष्ट युथ लिग अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका सचिव हुनुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान