नेपाली भाषा

वाङ याङ

   

सन् 1983देखि 1984सम्म उहाँले आन्ह्रवी प्रान्तीय कम्युनिष्ट युवा संघका उप-सचिव हुनुभएको थियो।

सन् 1984देखि 1987सम्म उहाँले आन्ह्रवी प्रान्तीय खेलकूद विभागका उप- प्रमुख एवम् आन्ह्रवी प्रान्तीय खेलकूद विभागको पार्टी संगठनका उप- सचिवको पदमा काम गर्नुभएको थियो।

सन् 1987देखि 1988सम्म उहाँले आन्ह्रवी प्रान्तीय खेलकूद विभागका प्रमुख एवम् आन्ह्रवी प्रान्तीय खेलकूद विभागको पार्टी संगठनका सचिवको पदमा काम गर्नुभएको थियो।

सन् 1988देखि 1992सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत आन्ह्रवी प्रान्तीय थुङ लीङ नगरपालिका समितिका उप-सचिव, आन्ह्रवी प्रान्तीय थुङ लीङ नगरपालिकाका कार्यकारी मेयर र मेयरको पदमा काम गर्नुभएको थियो। (सो अवधिमा उहाँले सन् 1989देखि 1992सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी स्कूल अन्तर्गत सामञ्जस्य विश्वविद्यालयमा पार्टी व्यवस्थापन विषयबारे अध्ययन गर्नुभइ अन्डर ग्राजुएटबाट स्नातक हुनुभएको थियो।)

सन् 1992देखि 1993सम्म उहाँले आन्ह्रवी प्रान्तीय पारिवारिक परियोजना समितिका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत आन्ह्रवी प्रान्तीय परिवार परियोजना समितिको पार्टी संगठनका सचिव र आन्ह्रवी प्रान्तीय प्रमुखका सहायकको पदमा काम गर्नुभएको थियो।

सन् 1993देखि 1993सम्म उहाँले आन्ह्रवी प्रान्तीय उप-प्रमुखको पदमा काम गर्नुभएको थियो।

सन् 1993देखि 1998सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत आन्ह्रवी प्रान्तीय समितिका स्थायी सदस्य र आन्ह्रवी प्रान्तीय उप-प्रमुखको पदमा काम गर्नुभएको थियो। (सो अवधिमा उहाँले सन् 1993देखि 1995सम्म चीन विज्ञान प्रविधि विश्वविद्यालयअन्तर्गत व्यवस्थापन विज्ञान विभागमा व्यवस्थापन विज्ञान विषयबारे स्नातकोत्तर कक्षामा अध्ययन गर्नुभइ मास्टर अफ इन्जिनियरिङ प्राप्त गर्नुभएको थियो। सन् 1997को मार्चदेखि 1997को मैसम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत प्रान्तीय प्रमुख स्तरिय कडारको तालिम कक्षामा अध्ययन गर्नुभएको थियो।)

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान