नेपाली भाषा

वाङ याङ

   

वाङ याङ

वाङ याङ, हान जातिका हुनुहुन्छ। उहाँ सन् 1955को मार्चमा जन्मनुभएको हो। उहाँ आन्ह्रवी प्रान्तीय सु चौबासी हुनुहुन्छ। सन् 1972को जुनदेखि पेशागत रूपमा काम गर्न थाल्नुभएको हो। सन् 1975को अगष्टमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी केन्द्रीय समितिको स्कूलबाट स्नातक हुनुभइ मास्टर अफ इन्जिनिरङ विषयमा स्नातकोत्तर गर्नुभएको छ।

वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद समितिका सदस्य हुनुहुन्छ।

सन् 1972देखि 1976सम्म आन्ह्रवी प्रान्तीय सु जिल्लामा खाद्यान्न कारखानामा मजदूर र उत्पादन लाइनको जिम्मेवार व्यक्तिको हैसियतले काम गर्नुभएको थियो।

सन् 1976देखि 1979सम्म उहाँले आन्ह्रवी प्रान्तीय सु जिल्लामा '57 स्कूल'मा शिक्षक, प्रशिक्षण अनुसन्धान कार्यालयका उप-प्रमुख र सो स्कूलको पार्टी समितिका सदस्य हुनुभएको थियो।

सन् 1979देखि 1980सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी स्कूलमा सैद्धान्तिक प्रचार क्याडर कक्षामा राजनीति तथा अर्थ विषयबारे अध्ययन गर्नुभएको थियो।

सन् 1980देखि 1981सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी आन्ह्रवी प्रान्तीय सु जिल्ला समितिको पार्टी स्कूलमा शिक्षकको हैसियतले काम गर्नुभएको थियो।

सन् 1981देखि 1982सम्म उहाँले आन्ह्रवी प्रान्तीय सु जिल्लाको कम्युनिष्ट युथ लिगका उप-सचिवको पदमा काम गर्नुभएको थियो।

सन् 1982देखि 1983सम्म उहाँले कम्युनिष्ट युवा संघ अन्तर्गत आन्ह्रवी प्रान्तीय कम्युनिष्ट युथ लिगको प्रचारप्रसार विभागका प्रमुखको पदमा काम गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान