नेपाली भाषा

ली चान शु

   

ली चान शु

ली चान शु, हान जातिका हुनुहुन्छ। उहाँको जन्म सन्1950को अक्टोबरमा भएको थियो भने उहाँ ह पै प्रान्तको पिङशानबासी हुनुहुन्छ। सन्1972को डिसेम्बरदेखि उहाँले पेशागत रूपमा काम थाल्नुभएको थियो। सन्1975को अप्रिलमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। ह पै नर्मल विश्वविद्यालयमा रात्री विद्यालयमा विचारधारा तथा राजनैतिक सिद्धान्त सम्बन्धी शिक्षा विभागबाट स्नातक उत्तीर्ण गर्नुभएको थियो। पछि इ.एम.बी.ऐ.(कार्यकारिणी व्यवसाय प्रशासनमा स्नातकोत्तर) विषयको अध्ययन गर्नुभइ उहाँले स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो।

वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको कार्यालयका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राष्ट्रिय सुरक्षा समिति कार्यालयका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति मातहत कार्य समितिका सचिव।

सन्1971देखि 1972सम्म उहाँ ह पै प्रान्तीय स च्या चुआङ आर्थिक तथा व्यापारिक स्कूलमा सामानको मूल्य विषयबारे अध्ययन गर्नुभएको थियो।

सन्1972 देखि 1976सम्म उहाँले ह पै प्रान्तीय स च्या चुआङ वाणिज्य व्यूरो कार्यालयका अधिकारी तथा उप-प्रमुखको पदमा काम गर्नुभएको थियो।

सन्1976देखि 1983सम्म उहाँले ह पै प्रान्तीय स च्या चुआङ क्षेत्रीय समिति कार्यालयको सामग्री विभागका अधिकारी हुनुभयो।(सो अवधिमा सन्1980-1983सम्म ह पै प्रान्तीय नर्मल विश्वविद्यालयको रात्री विद्यालयमा विचारधारा तथा राजनैतिक सिद्धान्त सम्बन्धी शिक्षाको अध्ययन पनि गर्नुभएको थियो।)

सन्1983देखि 1985सम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत ह पै प्रान्तीय उ ची जिल्ला समितिका सचिवको पदमा काम गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान