नेपाली भाषा

लि ख छ्याङ्ग

    CRI

सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका वैकल्पिक सचिव हुनुभएको थियो।

सन् 1985 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका सचिव एवम् अखिल चीन युथ संघका उपाध्यक्ष हुनुभएको थियो। यस अवधिभित्र सन् 1991को सेप्टेम्बरदेखि 1991को नभेम्बरसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलअन्तर्गत प्रान्त तथा मन्त्रालयस्तरीय पदाधिकारीको तालिम लिनुभएको थियो।

सन् 1993 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका प्रथम सचिव एवम् राजनीतिक शास्त्र अध्ययन चिनियाँ युवा विश्वविद्यालयका प्रमुख हुनुभएको थियो।

(सन् 1988 देखि 1994 सम्म कामसँगसँगै यता पैचिङ विश्वविद्यालयअन्तर्गत अर्थ विभागबाट अर्थशास्त्रमा स्नातकोत्तरका साथै विद्यावारिधी हासिल गर्नुभएको छ।)

सन् 1998 देखि 1999 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका कार्यवाहक प्रमुख हुनुभएको थियो।

सन् 1999देखि 2002सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका प्रमुख हुनुभएको थियो।।

सन् 2002देखि 2003सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका सचिव र ह नान प्रान्तका प्रमुख हुनुभएको थियो।

सन् 2003 देखि 2004 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका सचिव र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिअन्तर्गत ह नान प्रान्त समितिका प्रमुख हुनुभएको थियो।

सन् 2004 देखि 2005 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव हुनुभएको थियो।।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान