नेपाली भाषा

लि ख छ्याङ्ग

    CRI

लि ख छ्याङ्ग

लि ख छ्याङ्ग,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1955को जूलाई महिनामा आन व्है प्रान्तको दिङ्ग य्वान जिल्लामा जन्मनु भएको हो। उहाँले सन् 1974 को मार्चदेखि जागिर खान थाल्नुभएको हो। सन् 1976 को मेमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँ पैचिङ विश्वविद्यालयअन्तर्गत कानून विभागबाट कानून शास्त्रमा स्नातक उत्तीर्ण गर्नुका साथै उक्त विश्वविद्यालयअन्तर्गत अर्थ विभागबाट जागिरसँगसँगै अर्थ शास्त्रमा पनि विद्यावारिधी पद हासिल गर्नुभएको छ।

वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका सचिव।

सन् 1974 देखि 1976 सम्म आन व्है प्रान्तमा अवस्थित फङ्ग याङ जिल्लाको ता म्याउ सार्वजनिक समितिको तुङ्ग लिङ्ग गाउँमा विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

सन् 1976 देखि 1978 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत आन ह्वै प्रान्तीय फङ याङ जिल्लाको ता म्याउ सार्वजनिक समितिको ता म्याउ गाउँ शाखा समितिका सचिव हुनुभएको थियो।

सन् 1978 देखि 1982 सम्म पैचिङ विश्वविद्यालयमा कानूनशास्त्र अध्ययन गर्नुभएको थियो र पैचिङ विश्वविद्यालयको विद्यार्थी समितिका जिम्मेवार व्यक्ति पनि हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगअन्तर्गत पैचिङ विश्वविद्यालयका सचिव त्यसैगरी चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समितिका स्थायी सदस्य हुनुभएको थियो।

सन् 1983मा चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रिय समितिको स्कूल तथा विश्वविद्यालय विभागका प्रमुख एवम राष्ट्रिय विद्यार्थी संघका महासचिव हुनुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान