नेपाली भाषा

सी चिन फिङ

    CRI

सी चिन फिङ

सी चिन फिङ,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1953 को जून महिनामा पल्लो शान सि प्रान्तको फू भिङ जिल्लामा जन्मनुभएको हो। सन् 1969 को जनवरीदेखि उहाँले पेशागत रूपमा काम थाल्नुभएको हो। उहाँ सन् 1974 को जनवरीदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। उहाँले छिङ ह्वा विश्वविद्यालयको मानव तथा समाज शास्त्र विषयअन्तर्गत माक्सवादी सिद्धान्त तथा वैचारिक राजनैतिक शिक्षण बिषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ। स्नातकपछि रोजगारी गर्नुका साथै स्नातकोत्तरका लागि अध्ययन गर्नुभएको थियो र अन्तमा, उहाँले कानून शास्त्रमा विद्यावारिधी हासिल गर्नुभएको छ।

वर्तमान पद: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष, जन गणतन्त्र चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष।

सन् 1969 देखि 1975 सम्म पल्लो शान सि प्रान्तको येन छ्वान जिल्लाको वन आन यी कम्यून अन्तर्गत ल्याङ च्या ह टोलीमा रहेर विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो। त्यति बेला चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत त्यहाँको स्थानिय समितिका सचिव पनि हुनुभएको थियो।

सन् 1975 देखि 1979 सम्म छिङ्ग ह्वा विश्वविद्यालयमा रासायनिक उद्योग विषयमा अध्ययन गर्नुभएको थियो।

सन् 1979 देखि 1982 सम्म राज्य परिषदको कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका उप-सचिव हुनुभएको थियो।

सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका सचिव, चङ तिङ जिल्लाको सशस्त्र विभागका प्रथम राजनीतिक कमिश्नर साथै चिनियाँ कम्युनिष्ट पार्टीको चङ तिङ जिल्लाको सशस्त्र विभागको प्रथम सचिव हुनुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान